वास्तविक गरिबले परिचयपत्र नपाउँदा वडा कार्यालयमा तालाबन्दी


दयाराम पण्डित, बाजुरा
बास्ताविक गरीवले परीचय पत्र नपाएको भन्दै बुढीनन्दा नगरपालिका–४ कुरुमा रहेकोे वडा वडा कार्यालय शुक्रबार तालाबन्दी गरीएको छ । बास्ताविक गरीवले परीचय पत्र नपाएर हुनेखाने, काठमाण्डौ, नेपालगन्ज लगाएत देशका विभिन्न सहरमा घर भएका धनिहरुले परिचय पत्र पाएको भन्दै स्थानिय बासीले वडा कार्यालय ताला बन्दी गरीनुका साथैै स्थानिय जनप्रतिनिधि हरुलाई कार्यलयभित्रै थुनेका थिए ।

वडा कार्यालय तालाबन्दी गर्दा गरीव घर धुरी परीचयपत्र वितरण गर्नका लागि नामावली सार्वजनिक गर्नेलगायतका कार्यालयका कामकाज ठप्प भएको बुढीनन्दा नगरपालिका–४ का वडाअध्यक्ष राजन कुमार रोकायाले बताउनुभएको छ । गरिव परिचयपत्र पाउने लिस्टमा आफ्नो नाम नै समावेस नगरेको भन्दै स्थानिले ताला लगाउनुको साथै परिचयपत्र वितरणमा रोक लगाएका छन ।

कार्यालयमा ताला लगाएपछि वडा अध्यक्ष रोकाया लगायत कर्मचारी जनप्रतिनीधि कार्यालयमै थुनिएका थिए । वास्तविक गरीव घर धुरी परिचयपत्रमा गरीवको नामछुटेकोले सम्बन्धीत निकायमा जानकारी गराउने र वडा कार्यपालीकाको बैठक बसालि पुन तथ्याङक संकलनका लागि पहल गर्ने निर्णय गराउने भने पछि स्थानियले ताला खोलेका थिए ।

विगत ५ बर्ष पहिले गरिव घरधुरी पहिचानका लागि तथ्याङक संकलन गर्दा नै त्रुटी भएको र अहिले त्यो सच्याउन नसकिने भएकाले माथिबाट प्राप्त विवरण अनुसार आफूहरुले परिचय पत्र वितरण गर्नुपर्ने जनप्रतिनिधिको भनाइ छ । त्यस्तै केहि साता पहिले मात्र हिमाली गाउँपालिका–४ फैती, बुढीनन्दा नगरपालिका–१० पाण्डुसैन, वडा न १ पिपलडाली, वडा न २ नुवाघर, वडा न ५ विरसैन, वडा न ७ कारकेला र वडा न ८ चाफारुखमा रहेका वडा कार्यालय समेत ताला बन्दी गरीएका थिए ।]

यता जनप्रतिनिधिले भने गरिव घरधुरी परीचय पत्र पाउनबाट छुटेका वास्तविक गरिवहरुको तथ्याङक संकलन गरेर सम्वन्धीत निकायमा पठाउने बताउदै आएका छन । विहिबार गरीएको तालबन्दीमा स्थानीय दुई सय बढीले हातमा प्लेकाडसहित नाराबाजी गरी वडाकार्यालय घेर्नुको साथै कार्यालय ताला बन्दी गरेका हुन् ।