१३ हजार वालवालिका लाभान्वित


किरन धामी, दार्चुला
सन् २०१५ देखी दार्चुला जिल्लामा संचालित प्रारम्भिक कक्षा पढाई कार्यक्रम (इजिआरपी) बाट १३ हजार ६ सय २५ जना विद्यालय उमेर समुहका वालवालिका लाभान्वित भएका छन् । सामुदायिक ग्रामिण विकास समाज नेपाल संस्था द्धारा संचालित प्रारम्भिक कक्षा पढाई कार्यक्रम लागु भएका जिल्लाका १ सय ९२ आधारभुत विद्यालयका १३ हजार ६ सय २५ जना वालवालिका लाभान्वित भएका हुन् ।

प्रारम्भिक तह पढाई कार्यक्रम विद्यालय क्षेत्र सुधार योजना २०६६–२०७२ ले अगाडी सारेको एक राष्ट्रिय कार्यक्रम हो । यो कार्यक्रम विशेषगरी आधारभुत तह १–३ कक्षा सम्मका वालवालिकाहरुको पढाइ सीप विकास गर्ने उद्देश्यले संचालनमा आएको हो । प्रारम्भिक कक्षा पढाई कार्यक्रम जिल्लाका ९ वटै स्थानिय तहका दिवा खाजा कार्यक्रम लागु भएका १ सय ९२ वटा विद्यालयमा सञ्चालनमा रहेको कार्यक्रमका जिल्ला संयोजक मानसिंह कार्कीले जानकारी दिए ।

विश्व खाद्य कार्यक्रमको आर्थिक तथा विश्व शिक्षा नेपालको प्राविधिक सहयोगमा नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभाग जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दार्चुला र स्थानिय तहहरु संगको सहकार्यमा सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुलाले सञ्चालन गर्दै आइरहेको छ । प्राथमिक तहका वालवालिकाहरुका लागी गुणस्तरिय पढाइ सामग्रीको विकास गर्ने, पढाइ सामग्रीको अधिकतम प्रयोग गरी शिक्षण गर्न शिक्षकहरुलाई तालिम मार्फत उन्मुख गराउने, वालवालिकाहरुको पढाइ सीप विकासका लागी अभिभावक तथा समुदायहरुलाई सहभागी गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

गुणस्तरीय शिक्षाका लागि विद्यार्थीहरुको हातमा शैक्षिक सामग्रीको पुग्ने तथा वालवालिकाको शैक्षिक स्तर वृद्धिका लागि विद्यार्थी शिक्षक अभिभावक विचको त्रिपक्षिय सम्बन्ध सुधार हुने कार्यक्रमले अपेक्षा राखेको छ । कार्यक्रमले सन २०१८ को हाल सम्ममा २६ विद्यालयका ७७ जना शिक्षकहरुलाई प्रारम्भिक कक्षा पढाई सीप विकास सम्बन्धि ५ दिने तालिम दिएको छ, भने २६ वटा विद्यालयहरुमा नेपाली विषय संग सम्बन्धित २३ प्रकारका जम्मा ५१ हजार ६ सय ३६ वटा शैक्षिक सामग्रीहरु वितरण गरिएको कार्यक्रम संयोजक कार्कीले जानकारी दिए । कार्यक्रम लागु भएका विद्यालयहरुमा विभिन्न प्रकारका शैक्षिक सामग्रीहरु वितरण गरे पछि उक्त विद्यालयको शैक्षिक गुणस्तरमा सुधार भएको पाइएको छ ।

राती १० बजे धौलीगंगा बाँध खोलिने
भारतको पिथौरागढ जिल्लाको धारचुला तहशिल अन्तर्गत छिरकिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध शुक्रबार राती १० बजे देखी शनिबार बिहान ६ बजे सम्म खोलिने भएको छ । धारचुलाको उत्तरी क्षेत्रमा रहेको धौलीगंगा बाँधको सरसफाईका लागी सबै ढोकाहरु खुल्ला गर्न लागिएको भनेर एन.एस.पि.सी लिमिटेड धारचुलाबाट जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार भएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए ।

धौलीगंगा बाँधको ढोका यस वर्ष सातौ पटक खोलिन लागिएको हो । बाँधको ढोका खोल्दा महाकालीमा पानीको सतह बढ्न भएको हुँदा महाकाली नदि किनाका बस्तीहरुमा सर्तक रहन नागरिकलाई सुचना प्रवाह भैइरहेको उनले जानकारी दिए । धौलीगंगा परियोजनाले बाधँमा पानीको मात्रा बढेको, सरसफाई गर्न बाँध खोलिने लगायतका सुचनाहरु नेपाली प्रशासनलाई जानकारी गराउदै आइरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।