लोकदोहोरी “मायाको परिणाम” सार्वजनिक


धनवीर दाहाल, रुकुम ।
नवगायिका विष्णुमाया श्रेष्ठको पहिलो प्रस्तुती लोकदोहोरी गीत मायाको परिणाम सार्वजनिक भएको छ । यथार्थ मायाँ प्रेम, र जीवन भोगाईमा आधारित रहेर उक्त गीत सार्वजनिक भएको हो । प्रेमराज पुनको लय तथा शब्द सिर्जना रहेको यस गीतमा चर्चित लोकदोहोरी गायक रामजी खाँड र विष्णुमाया श्रेष्ठको आवाज रहेको छ ।

“व्यर्थै कसम कति खाम, माया छुट्दैन भनेर त्यो त हेर्दै जाउ सानु भोली के आउँछ मायाको परिणाम” यो गीतको मुख्य थेगो रहेको छ । युवा वर्गलाई लक्षित गर्दै माया–प्रेममा उत्पन्न हुने समस्या र त्यसबाट आउने परिणामलाई गीतको शव्दमा जोडिएको छ । प्रेमपूर्ण भाव र वियोगान्त पलहरुको कल्पनामा रहेर गीत सिर्जना गरिएको संकलक प्रेमराज पुनले बताए । उनका अनुसार यो गीतले जिन्दगीको कुनैपनि यात्रामा अजम्बरी र सत्य प्रेम गर्नेहरुलाई सकरात्मक सन्देश दिने बताईएको छ ।

विमल अधिकारी र सारीका केसीको अभिनय रहेको यस गीतलाई पहिलो पटक गरुडा म्युजिक प्रालीले वजार व्यवस्थापन गरेको व्यवस्थापक अमरराज पुनले बताए । कपिल लामाको निर्देशन, अमर शाक्यको सम्पादन तथा राजेश घिमिरेको छायाँकनमा निर्माण गरिएको लोकदोहोरी गीत मायाको परिणाम म्यूजिक नेपाल यूटुव च्यानलमा हेर्न सकिन्छ ।

भिडियो हेर्न तलको लिंक खोल्नुस