शान्तिपुर्ण सत्ता हस्तान्तरणको आह्वान


कोलम्बो (एजेन्सी)
मालदिभ्सका विपक्षले अब्दुला यामिनको पराजयपछि पनि उनी सत्तामा टाँस्सिएर रहने आसंका ब्यक्त गर्दै विहिबार अन्तराष्ट्रिय समुदायसँग शान्तिपुर्ण सत्ता हस्तान्तरण सुनियोजित गर्न अपिल गरेको छ ।

विपक्षी गठबन्धनले हिन्द महासागर स्थिति द्विपमा पुन लोकतन्त्र स्थापित गर्नमा बाहिरी मद्दतको आह्वान गरेको हो । चार राजनितिक दलको उक्त विपक्षले आइतबार मतदानमा इब्राहिम मोहम्मद सोलिहलाई राष्टपति चुनावमा प्रत्यासीका रुपमा उभ्याएका थिए । सोलिह कम मात्रै चर्चामा रहेका नेता थिए ।

औपचारिक चुनाव परिमाण आइतबार घोषणा गर्ने कार्यक्रम रहेको छ । आफनो हार स्विकार गरिसकेका यामिनले नोभेम्बर १७ मा ५ बर्षको आफनो कार्यकाल पुरा गर्दै सत्ता आफनो उत्तराधिकारी सोलिहलाई सुम्पनु पर्नेछ । तर सामाजिक सन्जाल र अन्य क्षेत्रमा यामिनले चुनाव याचिका दायर गरि नतिजा घोषणा ढिलाई गर्न दरखास्त दिन सक्ने नागरिकहरुले अनुमान गरेका छन् ।