इरानीे विलवोर्डमा इजरायली सेना देखिएपछि तहल्का


तेहरान,(एजेन्सी)
इरानी शहर सिराजका परिषद अध्यक्षले विहिवार इरान – इराक युद्धको स्मरणमा वार्षिक कार्यक्र मनाउने क्रममा राखिएको विलबोर्डमा इजरायली ेसेनालाई पनि प्रस्तुत गरिएको विषयमा गम्भीर अनुसन्धान गर्न आदेश दिएको छ ।

सो विलवोर्डमा फोटोसप प्रयोग गरी राखिएको तस्वीरमा तीनजना सैनिक ढाड देखाए एउटा पहाडको चटानमा उभिएको देखाइएको छ । यसैसाता सिराजको मध्यभागको चोकमा राखिएको यस विलवोर्डमा एम १६ राइफल बोेकेर उभिएका ति सैनिकले इजरायली पोशाक लगाएको देखिन्छ ।

साथै ओरिजनल तस्वीरबाट एकजना महिला सैनिकलाई क्रपगरी निकालिएको पनि स्पष्ट देखिन्छ । सन् १९७९ को इरानको इस्लामिक आन्दोलन देखि नै इरानका नेताहरुले इजरायललाई बहिष्कार गर्न आब्हान गर्दै आएका छन् ।

तिनीहरुले इजरायलले अवैध ढंगले मुश्लिम भुमि कब्जा गरेकाले इजरायलको अस्तित्वको अधिकारलाई समेत अस्विकार गर्ने गरेका छन् । सन् १९८० देखि १९८८ सम्म चलेको इरान – इराक युद्धको स्मरणमा राखिएको उक्त विवादास्पद विलवोर्ड बुधवार पहिलो पटक अनलाइनमा देखापरेको थियो ।
इजरायली विदेश मन्त्रालयको पर्सियन ट्विटरले पनि उक्त विलवोर्डलाइ लिएर व्यंग्य प्रहार गर्नुका साथै इरानीहरुले त्यसलाई रातारात चोकबाट हटाएको कुरा उल्लेख गरेको छ ।

इरानको स्थानिय संचार निकायका अनुसार सो शहरका परिषद प्रमुख सयद अहमद दास्तघेवले विहिवार साँस्कृतिक अधिकारीहरुलाई यस विर्षयमा तत्काल छानविन गर्न आदेश दिएको जनाएको छ ।

यदि जानस्जानी युहदी सेनाका तस्वीर प्रयोग गरेको पाइएको खण्डमा दोषिका भागिदारहरुलाई कडा संजाय दिइने बताइएको छ । इरानको अहिले डोनाल्ड ट्रम्पको नेतृत्वामा रहेको सरकारसंग पनि आफ्नो विवादास्पद आणविक कार्यक्रमलाई लिएर तनाव चलिरहेको छ । इरानले आफ्नो प्रतिवद्धता इमानदारिताका पुर्वक पूरा नगरेको आरोप लगाउँदैं ट्रम्पले अमेरिकालाई इरानसंगको बहुराष्ट्रिय आणविक समझौताबाट अलग्याउने निर्णय गरेको थियो ।