कोरियाबाट फर्केका युवालाई उद्यमशिल बन्न सुझाब


काठमाडौ । कोरियामा रोजगारी गरी फर्केका युवालाई नेपालको आर्थिक समृद्धिका लागि कोरियाले अपनाएको औद्योगिक अभ्यासलाई अनुशरण गरी स्वदेशमा लगानी गर्न बिज्ञले सुझाब दिएका छन ।

नेपाल स्थित कोरियन दुताबास र कोरियाबाट फर्केका युवाले स्थापना गरेको अंकुर नेपाल संस्थाले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा विभिन्न बिज्ञले सो सुझाब दिएका हुन ।

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क योङ सिकले रोजगारीका क्रममा कोरियामा सिकेको सिप तथा पुर्जीलाई नयाँ शैली र प्रविधिको प्रयोग गरी स्वदेशमा लगानी गर्न सुझाब दिनुभएको थियो ।

“कोरियाको आर्थिक विकासमा नीजि क्षेत्रको भुमिका र नेपाली कामदारले गरेको योगदान” बिषयक सो कार्यक्रममा राजदुत सिकले ३५ हजार नेपाली हाल कोरियामा कार्यरत रहेको र २० हजार कोरियामा काम गरेर फर्केको जनाउदै नेपालले सधै रेमिट्न्सको भर गर्ने भन्दा पनि स्वदेशमा नै रोजगारीका विकल्प खोज्ने वातावरण बनाउन सुझाब दिनुभएको थियो ।

उहांले नेपाली कामदारले कोरियाको अर्थतन्त्रमा दक्षतापुर्वक र इमान्दार कामदारको रुपमा पु¥याएको योगदानलाई सम्मान गर्ने जनाउदै कोरियाबाट फर्केपछि नेपालको समृद्धिका लागि काम गर्न सुझाब दिनुभयो । उहांले कोरियामा दक्ष बनेर फर्केका युवालाई देश विकासमा लगाउन योजनाबद्ध कार्यक्रम संचालन गर्न सकेत सुझाब दिनुभयो । सो अवसरमा अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले कोरियाबाट फर्केका युवाले विभिन्न क्षेत्रमा लगानी बढाउदै लगेको बताउनुभयो ।

सो अवसरमा कोरियाको योङसी विश्वविद्यालयका प्राडा यु जङ सिकले कोरियाको आर्थिक विकासमा नीजि क्षेत्रको भुमिकाका बारेमा कार्यपत्र प्रस्तुत गदै कोरियाले सरकारी र नीजि क्षेत्रको सहयोगमा लगानीमैत्री वातावरण विकास गर्ने नीति बनाएका कारण बिगत ४० वर्षमा दु्रत आर्थिक विकास गरेको नमुना प्रस्तुत गदै नेपालमा पनि यसरी नै जानु पर्ने बताउनुभयो ।

उहांले सन १९६० देखि २०१७ सम्म कोरियाका मुख्य बहुराष्ट्रिय कम्पनीले देशको आथर््िाक विकासमा महत्वपुर्ण भुमिका खेलेका बताउनुभयो । कोरियाको आर्थिक समृद्धीमा सामसुङ, होन्डा र एजजी लगायतका साना ठुला कम्पनीको मुख्य भुमिका रहेको उहांले बताउनुभयो । पोखरा युर्निभर्ससिटीका नेपाली इनोभेसन टेक्नोलोजी एन्ड इन्टरपेनरसीप कार्यक्रमका परियोजना मेनेजर डेभिड शर्माले नेपालमा कृषि, सेवा, उद्योग र पशुपालन र मेटल प्रोसेसिङ लगायतका क्षेत्रमा लगानी बढदै गएको बताउनुभयो ।

उहांले वैदेशिक रोजगारीबाट थोरै पैसा लिएर आउने युवालाई आधुनिक कृर्षि टनेल, प्लास्टिकजन्य फोहोर व्यस्थापन, अल्लो, लोक्ता लगायतका साना उद्योग र फर्ममा लगानी गर्न सुझाब दिनुभयो ।

सो अवसरमा अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) का कन्ट्री डाइरेक्टर रिर्चड हावर्डले रोजगारी सुजनाका लागि लगानीकर्ता र श्रमिकको व्यवस्थापन मुख्य कुरा रहेको जनाउदै यसमा आइएलओले सहकार्यमा काम गरिरहेको बताउनुभयो । यसैगरी युर्निर्भसिटी अफ कोरियाका प्राध्यापक छ्वे सुङ जुले नेपालबाट कामदार बाहिर जाने भन्दा पनि कोरियाबाट फर्केका दक्ष युवालाई स्वदेशमा नै रोजगारी दिनु पर्ने बताउनुभयो ।