पानीको बहाब घटेसँगै कालीगण्डकीमा ¥याफ्टीङ्ग शुरु


नेपाल समाचारपत्र, पर्वत
नदीमापानीको बहाब घटेसँगै कालीगण्डकीमा जलयात्रा (¥याफ्टीङ्ग शुरु भएको छ । गत जेठअन्तिम सातादेखि बन्दभएको ¥याफ्टीङ्गका लागिपर्यटकहरु आउने क्रम शुरु भएपछिबुधवारदेखि शुरु भएको हो । सिजनको शुरुवातबुधवारवाट भएको व्यावसायीहरुले बताएका छन ।
अंग्रेजीमहिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरको अन्त्य सम्म सञ्चालनहुने भएपनि यसपटक एक साता ढिलोगरी ¥याफटिङ्ग शुरु भएको हो । वर्षाको समाप्तीसँगै असोजको पहिलो सातादेखि जलयात्रामापर्यटक आउने क्रम शुरु भएको थियो ।

छोटो र पारिवारीकजलयात्राकालागि कालीगण्डकी नदीमाजलयात्रागर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएको स्वीसा ¥याफ्टीङ एण्ड टे«किङ टुरिजम् कम्पनीपोखराका सञ्चालक देव रेग्मीको भनाई छ । उहाँकाअनुसार बुधवारदेखि ¥याफ्टीङ सुचारु गरिएको हो ।लामो, समथर र कमबहाबभएकाले बिदेशीनागरिकहरु अन्यनदीहरु भन्दाकालीगण्डकीलाई नै रोज्ने गर्दछन् । ¥याफटिङ्गका लागि कालीगण्डकी नदीमाअहिले विदेशीपर्यटक सूगै स्वेदशीपर्यटकको आकर्षण बढ्दै गएको छ ।

कालीगण्डकीनदीमाअहिले दैनिकदुई÷तीन समुहमापर्यटकहरु आउने गरेका छन । अन्यनदीको तुलनामापर्यटकले यसलाई पहिलो रोजाईमापार्दै आएकाले पनिपर्यटकहरुको आगमन बढेको रेग्मीको भनाई छ । ‘यो नदीलाई रोजेर पर्यटकहरु बढी नै आउने गरेका छन’ उहाँले भन्नुभयो–‘कालीगण्डकीलाई ¥याफटिङ्गको पहिलो गन्तब्यबन्दै गएको छ’ । पोखरा हुँदै अन्नपुर्ण पदमार्गमापदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटकहरु बढ्दै गएको ब्यबसायीले बताएका छन् ।

पर्वतको कुश्मानगरपालिका १ पाङ स्थित नयाँपुलतथा मालढुंगादेखिबाट शुरु हुने ¥याफ्टिङ स्याङजा, पर्वत र गुल्मीजिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत परियाजनाको जलाशयमापुगेर टुङगिन्छ । तीनदिनलाग्ने सो जलयात्रापर्यटकका लागिनिकै आकर्षक गन्तव्यको रुपमा रहेको छ । कालीगण्डकी नदीमापानीको छाल, मनोरम दृश्य, झरना, विभिन्नबनस्पति, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायलीपर्यटक आउने गरेका छन भने अस्टे«लिया, युरोपियनमुलुक र अमेरिकीपर्यटकको रोजाईमापनि कालीगण्डकी नदी पर्दै आएको छ ।

बिदेशमा समेत जलयात्रागर्दै आएकापर्यटकहरु नेपालको जलयात्राअन्यत्रको भन्दाअत्यन्त रोमाञ्चकहुने गरेको अनुभव सुनाउँछन् । कालीगण्डकीको जलयात्राबिश्वकाअन्यनदीमाभन्दा रोमाञ्चकहुने गरेको उनीहरुको भनाई छ । अमेरिका र अष्ट्रेलियालगायतकानदीहरुमाहुने जलयात्राभन्दा कालीगण्डकीमा नयाँखालको अनुभवभएकाले पर्यटकहरुको आकर्षण बन्नपुगेको हो ।

नयाँपुल–मोदीवेणी खण्डमा पहिलो दिनको यात्राबनाएर जाने साथै दोस्रो दिनमापर्वतकै विहादीगाउँपालिका बर्राचौरको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमामिर्मी हुँदै पोखरा जानेगरि पर्यटकहरु यात्रा तय गर्ने गरेका छन् । यात्राको क्रममा बस्ने ठाउँहरुमा भौतिक संरचनाको विकास गर्न र कुस्मानगरपालिकाको आर्मादीनजिकै खोलाको बिचमा रहेका ठूला ढुंगाहरु नहटाउँदा समस्याआउने गरेको पर्यटक गाईड नविन केसीले बताउनुभयो ।