राजधानी र नामको विरोधमा घर घरमा कालो झण्डा


डोटी (नेस)
प्रदेश नम्बर ७ को राजधानी र नामाकरणका लागि गठित सुझाव समितिले प्रदेशका जनताको भावना विपरित एकलौटि तवरले प्रदेश सभामा प्रतिवेदन पेश गरेको भन्दै डोटीमा पनि आन्दोलन सुरु भएको छ ।

डोटीका स्थानियबासीले घर÷घरमा विरोध स्वरुप कालो झण्डा झुण्ड्याएका छन् । त्यस्तै आज बिहिबार ¥यालीसहित जिल्ला प्रशासनमा कोण सभा गर्ने, पिपल्ला बजारमा विरोध प्रदर्शन सहित कोणसभा गर्ने र असोज १२ गतेदेखि अनिश्चितकालिन डोटी बन्द गर्ने निर्णय भएको आन्दोलनका अगुवा तथा डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक बहादुर खड्काले बताउनु भयो

‘डोटेली लाई केन्द्रले पहिले देखी नै ठगेको थियो,अहिले आफनै प्रदेश सरकारले पनि ठगी ग¥यो उहाँले भन्नु भयो ‘दिपायलमा राजधानी नतोकिए हामी ससक्त आनन्दोलमा हहोमिने छौ ।’ डोटीमा आन्दोलनका कार्यक्रम घोषणा भएपछि शनिबार शिक्षक सेवा आयोगको परिक्षा दिन आउनेहरुलाई समस्या हुने भएको छ ।