बलत्कारको आरोपमा दुई प्रहरी निलम्बीत


नेपाल समाचारपत्र, संखुवासभा
संखुवासभामा कार्यरत दुई सुरक्षाकर्मीलाई बलात्कार गरेको आरोपमा निलम्बन गरिएको छ । जिल्लाको छुटा छुटै स्थानमा बलत्कार आरोपमा पक्राउ परि निलम्बन पर्नेमा प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र प्रहरी जवान मिक्मा शेर्पा रहेका छन ।

बलत्कारको आरोपमा पक्राउ परेका शेर्पा पुर्व क्षेत्रिय दंगा नियन्त्रण प्रहरी गण दुबही सुनसरी दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत रहेका थिए । उनलाई पिडीत १६ बर्षिय बालीकाले आफुलाई प्रहरी जवान शेर्पाले बलत्कारको प्रयास गरेको भन्दै जिल्ला प्रहरी कर्यालय खादवारीमा जाहेरी दिएको बताईएको छ ।

पिडीत बालीकाको जाहेरीका आधारमा तत्कालै आरोपीत प्रहरी जवान शेर्पालाई पक्राउ गरि जबरजस्ती करणी उधोग मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखी अनुसन्धान भई रहेको प्रहरी नायव उपरिक्षक श्यामसारु मगले बताउनु भयो ।

त्यसै गरि ईलाका प्रहरी कार्यालय आखिभुई दरबन्दि रहेका सहायक निरीक्षक खतिवडा भने एक महिना अगाडी एक महिलालाई बलत्कार गरेको आरोपमा पक्राउ परि जबरजस्ती करणी उधोग मुद्धामा हालै जिल्ला अदालतबाट धरौटी तारेखमा छुटेका छन । उनिहरु दुवै जनालाई प्रहरी सेवाबाट निलम्बन गरिएको बताईएको छ ।