मिर्गौला रोगीद्वारा सहयोगको याचना


नेपाल समाचारपत्र प्यूठान  ।दुवै मिर्गौला फेल भएका उत्तरी प्युठानको गौमुखी गाउँपालिका २ अर्खाका शेरबहादुर थापाले सहयोगको लागी अनुरोध गरेका छन् । हाल बुट्वलको दीपनगर स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा डाईलोसिस गराउदै आएका थापाले दुवै मिर्गौला प्रत्यारोपणका लागि शुभेच्छुक तथा आफन्तहरु समक्ष सहयोगको याचना गरेका हुन् ।

चिकित्सकले मृगौला प्रत्यारोपण गर्नुपर्ने बताएपछी थापा परिवार ठूलो आर्थिक संकटमा परेको छ। ०५६ सालमा वैदेशिक रोजगारीको शिलसिलामा मजदुरी गर्न मलेसिया गएका उनि मृगौलाको समस्या भएपछि नेपाल फर्केको बताए । उनि लामो समय देखि मिर्गौला रोगबाट थला पर्दै आएका छन । पारिवारिक स्रोतका अनुसार अहिलेसम्म थापाको उपचारमा लाखाँै रुपैयाँ खर्च भइसकेको छ । थापा परिवारको कुनै आम्दानीका स्रोत छैनन्, जग्गाजमिन पनि थोरै रहेको पीडित परिवारले बताएको हो ।

बिदेशको कमाई जति उपचारमै सकियो, घरमा भएको सम्पती पनि सकियो उनले भने अब अस्पतालले १६ लाख चाहिन्छ भनेको छ । म संग केही छैन अहिले सम्म जेनतेन आफन्त संग ऋण लिएर उपचार भैरहेको पीडित थापाले नेपाल समाचारपत्रसंग सुनाए । उनकी श्रीमती कमलाले आफूहरूको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको भन्दै आफ्नो श्रीमानलाई बचाउनका लागि सबैले सहयोग गरिदिन आग्रह गरिन ।कमला भन्छिन् “सानो सानो आर्थिक सहयोग पाए मेरो श्रीमानको ज्यान बाँच्थ्योकी” ।

बाँच्नका लागि उपचार गराउन सबै दयालु हृदय भएका मानिससँग सहयोगको अपेक्षा उनले गरेकिछिन् । थापाका दुई छोरा मध्य मदनले १२ कक्षा र कान्छो दिनेश ६ कक्षामा आफन्तको सहयोगमा अध्यन गर्दै आएका छन । उनलाई सहयोग गर्न चाहनेले लालसिंहको मोबाइल नम्बर ९८११५८७१०८ वा ९८११५३३८९२ मा सम्पर्क गर्नुहुन समेत अनुरोध छ । अथवा माछापुच्छ्रे बैंक लिमिटेडको खाता नम्बर ३४२२५२४५५५४०४०१९ मा जम्मा गरिदिन सक्नेछन् ।