मलेसियामा विषाक्त रक्सीले मृत्यु हुने नेपाली १० पुग्यो, शव नेपाल ल्याउने तयारी


काठमाडाैं ।  मलेसियामा विषाक्त रक्सीका कारण मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ ।

पछिल्लोपटक अस्पतालमा उपचार गराइरहेका इलामका विमल कार्कीको ज्यान गएको नेपाली दूतावासले जनाएको छ ।

विषाक्त रक्सीका कारण बिरामी भएका ९ जना नेपालीको मलेसियामा रहेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

विषाक्त रक्सीका कारण ज्यान गुमाउनेमध्ये ६ जना  मिमबहादुर घले, रामकुमार यादव, सञ्जय उराव, आइतसिंह गोले, दुर्गा सिंह राना र बलबहादुर बलबहादुर कुलुङको शव नेपाल ल्याउने तयारी भएको छ । आज या भोलिसम्ममा शव नेपाल पठाउने तयारी भैरहेको दूतावासले जनाएको छ ।