नेपाल समाचारपत्रकर्मी पुरस्कृत

0
Shares

रुकुम, (नेस)
आहा सञ्चार पत्रकारिता पुरस्कारबाट नेपालसमाचार पत्रका रुकुम संवाददाता पुरस्कृत भएका छन् ।

पुरस्कार बितरण कार्यक्रमको आयोजना गरेर संवाददाता दाहाललाई पुरस्कार प्रदान गरिएको हो । आहा संचारले प्रत्यक वर्ष आफ्नो बार्षिकउत्सवको अवसरमा जिल्लामा एक जना क्रियासिल पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । बरिष्ठ अधिबक्ता डा. नबराज गौतम र पत्रिकाका सम्पादक मेगराज खड्काले ५ हजार रहेको पुरस्कार राशी र प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरिष्ठ अधिबक्ता डा. नबराज गौतमले आहा सञ्चार नाम जस्तै समाचार र सूचना जनतामा लिन काम पनि आहा गरेको बताउनुभयो । पत्रकारिता क्षेत्र मानिसको तेस्रो आँखा रहेको उल्लेख गर्दै रुकुम जिल्लाको पत्रकारिता विकासको लागि आहा संचारले बिगतको जस्तै भबिश्यमा पनि आफ्नो नाम जस्तै काम गर्न सफल हुनुपर्ने उहाँकोे भनाई थियो ।