मोन्ट्रियल,(एजेन्सी)
क्यानाडाका एकजना पुर्व करोडपति तथा पहिल्यै दुइपटक हत्याको अभियोग लागिसकेका डेल्लेन मिल्लर्ड नामक व्यक्तिलाई आफ्नै पिताको पनि हत्या गरेको अभियोगमा मंगलवार क्यनाडाको एक अदालतले दोषि ठहर गरेको छ । शुरुमा सो हत्यालाई आत्महत्या ठानिएको थियो ।
न्यायधिशले आफ्नो पिता वायने मिल्लर्डको हत्यामा आफुलाई दोषि ठहराएपछि उनी रोएका थिए । लाउरा ब्याबकक र टिम बोस्मा नामक दुई व्यक्तिको हत्याको अभियोगमा दुई पटक आजिवन कारावासको संजाय सुनाइ सकेको छ ।
उनको पितालाई टाउकोमा गोली लागेर मरेको अवस्थामा भेटिएपछि परिवारको सम्पुर्ण सम्पत्ति उनको हातमा पुगेको थियो । सन् २०१२ मा यस घटनालाई आत्महत्याकै संज्ञा दिइएको थियो ।
तर सोमवार ओन्तारियो उच्च अदालतका न्यायधिशले उनलाई सुतिरहेका पितालाई गोली हानी मारेको अभियोगमा दोषि करार दिएका थिए । मिल्लर्डले आफनो पिता रक्स्याहा र डिप्रेसनमा गएको कुरा प्रहरीलाई बताएका थिए ।
उनले पिताको मृतयपछि भनेको थिए , ‘ उहाँले जीवनभरि एउटा ठूलो दुख बोकेका थिए । उहाँले कहिले पनि आफ्नो दुखबारे मलाई कुनै जानकारी दिनुभएन । ’ सिबिसिको अनुसन्धान अनुसार तिनीहरुको पारिवारिक उडयन कम्पनी मिल्लर्ड एयरका कर्मचारीहरुले मिल्लर्डको आफ्नो पितासंग तनाव चलिरहेको बताएका थिए ।
टिम बोस्मा वेपत्ता भएके छ महिनापछि भएको अनुसनधानबाट अन्तत उनको तीनवटा हत्यामा हात रहेको पत्ता लागेको हो । तर प्रहरीले लाउरा ब्याबकक र टिम बोस्माको लाशै भेटाउन सकेनन् । ब्याबककको भने त्रिकोणात्मक प्रेमका कारण हत्या भएके हुन सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया