जताततै चोरी गर्ने समूह सक्रिय


-नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौं उपत्यकामा जताततै चोरी, लुटपाट, पाकेटमारी गर्ने समुह सक्रिय भएका छन् ।
वित्तिय संस्था, नीजि पसल कार्यालय मात्र हैन सार्वजनीक यातायातमा समेत दैनिक चोरी, लुटपाट तथा पाकेटमारीको घटना भइरहेको गुनासो आइरहेको छ । उपत्यकामा यस्ता घटना बढेसंगै महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणका लागि सक्रियाता बढाएको छ ।
प्रहरीले चोरी लुटपाटमा संलग्न केही समुहलाई पक्राउ पनि गरेको छ । पक्राउ पर्नेहरुको सञ्जाल सबैलाई भने प्रहरीले अझै तोड्न सकेको छैन । चोरीमा संलग्नमाथि लागेको मुद्धामा समेत अभियुक्तहरु धरोटीमा रिहा हुने गरेका छन ।

केही समय अघि उपत्यकाको विभन्न स्थानमा रहेको सहकारी सस्थाहरुबाट सेफ सहित नगद चोरी गर्ने समुहलाई प्रहरीले पक्राउ गरि अदातलमा मुद्धा चलाए पनि उनिहरु सबै धरौटीमा छुटेका छन् ।

सहकारी संस्थाहरुको ढोका फोडी सहकारीमा भएको नगद तथा सेफ समेत चोरी गरि लाने कार्यमा संलग्न भएको आरोपमा नगद तथा सेफ सहित पक्राउ गरि अदालत पेश गरिएका अभियुक्तहरु दण्ड वहादुर परियार, कृष्ण थापा, रामकाजी सुनुवार, अबदेश शाहा धरौटीमा रिहा भएका छन् । प्रहरी अनुसन्धानमा सेफ फोर्नेले सेफमा भएको आधा रकम लिने गरेको पनि देखिएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी नेपाल समाचारपत्रसंग अधिकृतले भने– ‘चोरले चोरेर ल्याएको सेफ फोर्न अन्तै लैजादारहेछन, त्यो सेफ फोर्दिएबाफत त्यहा भएको आधा रकम लिदा रहेछन’।

केहि समय अघि धादिङ बचत तथा ऋण सहकारी संस्थाबाट नगद र सेफ समेत चोरी भएको थियो ।
चोरेर ल्याएको सेफलाई भारत मोतिहारीका आबदेश शाहले फोर्दिएको पत्ता लागेको प्रहरीले जनाएको छ । चोरी, लुटपाट, तथा पाकेटमारीको घटनामा संलग्न भएको आरोपमा अपराध महाशाखाले पक्राउ गरेका अधिकांश आरोपी उपत्यका बाहिरका छन् ।
। उपत्यकामा जताततै चोरी, लुटपाट तथा पाकेटमारीको घटनामा वृद्धि भए संगै यसलाई न्युनिकरण गर्न प्रहरीले सक्रियता बढाएको छ । अझ नजिकिदो दशै तिहार लगायत चाढबाढमा यस्ता घटना अझ बढ्न सक्ने अनुमान लगाउदै प्रहरीले निगरानी बढाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट पाकेटमारी घटना न्युनिकरणका लागि खटिएको टोलीले दुई साताको अवधिमा मात्र उपत्यकाको विभिन्न स्थानबाट पाँचवटा समुहलाई पक्राउ गरिसकेको छ भने उपत्यकाका विभिन्न स्थानमा भएका सहकारी तथा विभिन्न पसलहरुमा भएको चोरीमा संलग्न दर्जनौलाई पक्राउ गरि अनुसन्धान गरेको छ ।

महानगरिय प्रहरी अपराध महाशाखाले दिएको जानकारी अनुसार उपत्यकामा विभिन्न स्थानमा चल्लने सवारीसाधनहरुमा हुने पाकेटमारीको घटनामा संलग्न पुर्ण विक समुह, कपिल खुडे समुह, राजेन्द्र शाही समुह, कृष्ण खड्का समुह, थानकोटे समुह लगाएत विभिन्न समुहमा संलग्न दर्जनौलाई पक्राउ गरि अनुसन्धान गर्दा पाकेटमाराको समुह जताततै सक्रिय भएको पाइएको हो ।

पुर्ण विक समुहमा काभ्रे नमोवुद्धका अर्जुन लामा, मकवानपुर वकैया घर भई ठिमि बस्ने अर्जुन तामाङ भन्ने सरोज बल धादिङ धुनबेसी घर भै ठिमी बस्ने कुमार मिजार, सिन्धुपाल्चोक लिसंखु घर भई ग्वार्को बस्ने कपिल खुडे सन्तलाल भन्ने सोमबहादुर तामाङ सक्रिय थिए ।
कपिल खुडे समुहमा रामेछापका राजु तामाङ, सिन्धुपाल्चोक सुनकोशी घरभएका असलमान तामाङ, लिसखुपाखरका कपिल खुडे भन्ने सोमबहादुर तामाङ सक्रिय थिए । शाही समुहका राजेन्द्र भन्ने हिरा वहादुर शाही बाहेक अन्यलाई मात्र प्रहरीले फेला पार्न सकेको छैन । खड्का समुहका मोरङ शनिश्चरेका कृष्णवहादुर खड्का, काभ्रे कुशादेवीका राजि शाही, काभ्रे नमोवुद्धका कमल लामा, मेलम्चीका सोममान तामाङलाई प्रहरीले पक्रियको छ ।

पाकेटमारीको घटनामा संलग्न थानकोटे समुहमा संलग्न रामेछापका जनक सोडारी, असोक भुजेल, सिनधुपाल्चोक जुगलका जयकाजी तामाङ र त्रिपुरासुन्दरी गाउपालिकाका पृथवहादुर श्रेष्ठलाई पनि प्रहरीले हालै पक्राउ गरेको थियो ।

चोरीका घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको रामेछापका होम थापामगर, र होमवहादुर श्रेष्ठले उपत्यकाका ८ ठाउमा चोरी गरेको खुलेको छ । न्युरोडमा रहेको क्यापिटल सेभिङ एण्ड को–ओपरेटिभ प्रालि. न्युरोडकै ब्युटिपार्लर, गंगबुको सुविधा सहकारी, सिमसार सहकारी, गंगबु स्थित सिटी ग्यालरी, चावहिल स्थित एचटुओ क्याफे, चावहिलमै सारेज विष्टको पसल, बागेश्वरी नारायण धितालको कार्यालयबाट धनमाल यीनिहरुले नै चोरेको खुलेको छ ।

प्रहरीले रातको समयमा समुह बनाई सहकारी तथा वित्तिय संस्था तथा किनारा पसलहरुमा ढोकाफोडी नगद तथा विभिन्न सामान चोरीको घटना नियन्त्रणको लागि पनि निगरानी बढाएको छ । ललितपुरको विभिन्न स्थानमा रातको समयमा समुह बनाई सहकारी तथा वित्तिय संस्था तथा किनारा पसलहरुमा ढोकाफोडी नगद तथा विभिन्न सामान चोरी गर्ने कार्यमा संलग्न कुमार लामा, सोमलाल थिङ, अमृत भन्ने राजु लामा, बोही भन्ने सोमलाल स्याङतान लाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनिहरुले लामोसमय देखि यस्तो कार्य गर्दै आएको खुलेको हो ।
प्रहरीको अनुसन्धानमा लुम्बिनी विकास बैक लेले शाखाको सुरक्षा गार्डलार्य लुटपाट गरेको, ललितपुरको सिद्धिपुर स्थित सत्य बचत तथा ऋण सहकारी संस्थाको नगद चोरेको, गोदावरी स्थित एक स्टेशनरी पसलबाट चोरी गरेको, ललितपुर छम्पि स्थित एक किनारा पसलबाट धनमान चोरी गरेको घटनामा यीनिहरु संलग्न भएको पाइएको छ ।