लमजुङको विद्यालयलाई जनताद्वारा शैक्षिक सामाग्री हस्तान्तरण


काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले लमजुङको बेशीसहर नगरपालिका वडा नं. १, रामचोकबेशीस्थित श्री बालविकास आधारभुत विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच बैंकका संचालक समिति अध्यक्ष केशवबहादुर रायमाझीले सामाग्री विद्यालय व्यवस्थपन समितिका अध्यक्ष प्रेम सेढाईलार्ईं हस्तान्तरण गरे । संविधान–सभा सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बैंकका अध्यक्ष रायमाझीले विद्यालय शिक्षालाई आधुनिक प्रविधिसँग जोड्न महत्वपूर्ण रहने बताए ।

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्य गरिरहेको छ । बैंकले हाल देश भरीबाट १२२ शाखा, ४० शाखा रहित बैंकिङ, २ सिमित्त बैंकिङ एकाई र २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।