‘सरकारको ध्यान प्राविधिक शिक्षातर्फ’

0
Shares

काठमाडौं, (नेस)
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिररिाजमणी पोखरेलले सरकारले प्राविधिक शिक्षलाई विशेष महत्व दिएको बताएका छन् । सोमबार राजधानीमा आयोजित खामतेल विकास मञ्च नामक संस्थाको दोस्रो अधिवेशन तथा साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

संसार नै प्रविधिमैत्री हुँदै गएको भन्दै मन्त्री पोखरेलले सरकारले प्राविधिक शिक्षातर्फ आकर्षण विशेष ध्यान दिएको बताए । मुलुकका धेरै ठाउँहरुमा प्राविधिक शिक्षलयहरु स्थापना भइरहेको जानकारी दिदै उनले प्राविधिक शिक्षा सम्बन्धी काम गर्न खाम्तेल विकास मञ्चलाई आग्रह समेत गरे ।

यसैबीच मञ्चले प्रदेश नम्बर एकका मूख्य न्यायाधिवक्ता चुणामणी आचार्यसहित चार जनालाई मञ्चले सम्मान गरेको छ । मञ्चले मूख्यन्यायाधिवक्ता आचार्य, प्रदेश नम्बर एककै प्रदेशसभा सदस्य एकराज कार्की, नेपाल राष्ट्र बैंकका डा. भागवत आचार्य र खेलाडी दिनेश सुनालाई सम्मान गरेको हो ।

मूख्य नयाधिवक्ता आचार्य र प्रदेश सभा सांसद कार्कीलाई खाम्तेलमा जन्मेर मुलुककै उच्च ओहदामा पुगेको भन्दै सम्मान गरिएको हो भने डा. आचार्यलाई खाम्तेलकै पहिलो विद्याबारिधी गर्ने व्यक्ति भएका कारण मञ्चले सम्मान गरेको हो ।
डा. आचार्यले नेपाली विषयमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । यसैगरी खेलाडी सुनारले खेलकै माध्यमबाट गिनिज बुक वल्र्ड रेकर्डमा नाम लेखाएका कारण सम्मान गरिएको हो ।