बन्दुक प्रहार गरी आत्महत्या


महेश न्यौपाने, रोल्पा
रोल्पाका एक व्यक्तिले वन्दुक प्रहार गरि आत्महत्या गरेका छन् । दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिका ६ डुव्रिङका ५१ वर्षिय काले कामीले आफैमाथि वन्दुक प्रहार गरि आत्महत्या गरेका हुन ।

घरमा एक्लै रहेको मौका छोपी कामीले आज विहान करिव ८ वजे आत्महत्या गरेको वताइएको छ । श्रीमती दाङ तर्फ गएको र छोरा वुहारी घाँस काट्न गएको मौका छोपी कामीले आफैमाथि वन्दुक हानेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाउको छ ।

घटनाको सूचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय होलेरीको टोली घटना स्थल पुगेको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरिक्षक ध्रवराज वोहरा नेतृत्वको टोलीले घटना स्थलको मुचुल्का तयार गरि लासको पोष्ट मार्टमका लागी प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा पठाएको वताइएको छ ।

बन्दुक प्रहारवाट रगतपच्छे भई भुईमा लडेका कामीको लास नजिकै भरुवा वन्दुक रहेको थियो । गोलीले चिउडो मुनीको घाँटी छेडेर टाउकोवाट निस्किएको छ । आत्महत्यामा प्रयोग गरिएको उक्त भरुवा वन्दुक प्रहरीले वरामद गरेको वताइएको छ ।
प्राय मादक पदार्थ सेवन गर्ने कामीले यस अघि पनि परिवारलाई आत्म हत्या गर्ने धम्की दिदै आएको वताइएको छ । घटना भएको समयमा मृतकले मादक पदार्थ सेवन गरे नगरेको अनुसन्धान भईरहेको प्रहरीले वताएको छ ।

घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रोल्पावाट प्रहरी निरिक्षकको नेतृत्वमा एक टोली घटना स्थलतर्फ लागेको प्रहरीले वताएको छ । घटना स्थल सदरमुकाम लिवाङवाट २४ कोष दक्षिणमा पर्दछ ।