रुकुम पश्चिममा स्वास्थ्य शिविर संचालन

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको मुसिकोटमा स्वास्थ्य शिविर सुरु भएको छ । मुसिकोट नगरपालिका १ सल्लेमा रहेको राप्ती समाज अस्पत्तालको आयोजनामा तीन दिने शिविर सञ्चालन भएको हो ।

शोमबारदेखी सुरु भएको शिविरको उद्घाटन कर्णाली प्रदेशका साँसद रातो कामी र पाँच नम्बर प्रदेश साँसद आशा स्वर्णकारले गर्नुभएको हो । तीन दिन सम्म चल्ने शिविरमा नाक, कान घाँटी, हाडजोर्नी, स्त्रीरोग, लगायतको रोगहरुको चेकजाँच, उपचार र परामर्श गरिने अस्पत्तालले जनाएको छ ।

नेपालगंज मेडिकल कलेज शिक्षण अस्पत्ताल कोहलपुरका विशेषज्ञ डाक्टरबाट विरामीको स्वास्थ्य चेकजाँच गरिने भएको छ ।

उपचारका लागि शिविर आउने विरामीहरुलाई अस्पत्तालले केही छुट गरेको अस्पत्ताल समितिका कार्यबाहक अध्यक्ष महेन्द्र केसीले बताए । शिविरमा चेकजाँचका लागी रुकुम पुर्व र पश्चिमका बिभिन्न गाँउबाट आएका बिरामीहरुको घुइँचो लागेको छ ।