​उपराष्ट्रपति पुन स्वदेश फिर्ता



काठमाडौं । छ दिने औपचारिक चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन स्वदेश फर्कनु भएको छ । सोमबार विहान एयर चाइनाको विमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका उपराष्ट्रपति पुनलाई गृहमन्त्री रामबहादुर थापा बादल लगायतको टोलीले स्वागत गरेका थिए ।

असोज ३ गते चीन भ्रमणमा गएका पुनले भ्रमणकै अवसरमा चीनका विशिष्ट व्यक्तिसँग भेटवार्ता गरी द्धिपक्षिय हितका विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्