किशोर किशोरीका लागि कुलत

0
Shares

भक्तपुर, (नेस)। विद्यालयमा अध्ययनरत किशोर किशोरीहरु कतिबेला कुलतमा पर्छन् भन्ने जानकारी लिन अभिभावकले चुके त्यसको परिणाम नकारात्मक रहन्छ भन्ने सन्देशका साथ गीति नाटक कुलतको प्रोमो भक्तपुरमा रिलिज गरिएको छ।

विद्यालय जाने र फिर्ता हुने समयमा परिवारले आफ्ना सन्तानको रेखदेख गर्न नसक्दा कलिला विद्यार्थी कुलतमा फस्न सक्ने सन्देशका साथ यो गीति नाटक निर्माण गरिएको निर्माता लोकेन्द्र अर्यालले जानकारी गराए। सन्तानको भविष्यलाई सोचेर अभिभावकले खाइनखाई आर्जन गरेको पैसाले विद्यालय पठाउने र भविष्यको सोचलाई साकार पार्ने सपना बुने तापनि सन्तान कुलतमा फसेपछि ती सबै सपना त चकनाचुर हुन्छन् नै लगानीसमेत खेर जाने र समाजमा विकृति भित्रिने यो गीति नाटक कुलतले देखाउन खोजेको लेखक तथा निर्देशक लोकेन्द्र विश्वकर्मा चिदाकासले जानकारी दिए। नाटक असोज १३ गते भक्तपुरको बाराही मुभिजमा बिहान ११ः३० मा
प्रदर्शन गरिनेछ।