स्थानीयको आँगनमै खानेपानी



किरन धामी, दार्चुला
जिल्लाको मालिकार्जुन गाउँपालिका ८ पस्ती कोटबुङामा तीन सय ८० मिटर माथि विद्युतीय पम्पबाट पानी ताने पछि जिल्लाको पहिलो नमुना खानेपानी योजनाको शनिबार गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिंह धामीले उद्घटन गरेका छन् । आर्थिक वर्ष २०७२÷०७३ मा जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय दार्चुला संग सम्झौता भई हाल निर्माण सम्पन्न भएको जिल्लाकै नमुना खानेपानीको अध्यक्ष धामीले उद्घाटन गर्नु भएको हो ।

स्थानीय निङलाडी खोलाबाट ३ सय ८० मिटर माथि पानी तानिए पछि ३ घण्टा हिडेर पानी बोक्नुपर्ने समस्या हल भएको भन्दै स्थानीय हर्षित भएका छन् । जिल्लामै विद्युतबाट सबै भन्दा उचाईमा पानी तानिएको हुनाले यो नमुना खानेपानीको योजना नुमना स्वरुप अगाडी बढाईएको गाउँपालिका अध्यक्ष धामीले बताए । खानेपानी योजना निर्माण सम्पन्न भई संचालनमा आए संगै स्थानियको घर घरमा खानेपानी पुगेको छ । विगतमा ३ घण्टा टाढाबाट साझ बिहान पानी बोक्नु पर्ने दुःखका दिन गएको स्थानिय कलावती सामन्तले बताए ।

आगनमै खानेपानी पिउने सपना देखाएका स्थानीय कोटबुङाबासी खानेपानी योजनाको सफल परिक्षण संचालनमा आए संगै निकै खुसी देखिएका छन् । विगत ७५ वर्षदेखि निरन्तर रुपमा ३ घण्टा हिडेर पानी बोक्न बाध्य यहाका करिब दुई सय ५० परिवारको घर–घरमा पानी घर घरमा पानी पुगेको छ ।

खानेपानी संचालनमा आए पछि दसकौ देखि पानी बोकेर खानु परेको बाध्यता हट्को ७५ वषर््ीाय स्थानीय गम्भिर चन्दको भनाई छ । ‘आफू जन्मेदेखि तल निङलाडी खोलाबाट पानीबोक्दै आएको थिए उनले भने ।

जिल्ला खानेपानीको ५० लाखरुपैया र स्थानीय उपभोक्ता समितिको १० लाख गरी कुल ६० लाख लागतमा उक्त खानेपानी योजना निर्माण भएको योजना निर्माण समितिका अध्यक्ष जनकराज भट्टले बताए । विद्युतीय पम्पबाट ११ सेकेन्डमा ३५ लिटर पानी ३ सय ८० मिटर माथी डाडामा पानी पुग्ने योजना निर्माणमा संलग्न प्राविधिकहरुले बताएका छन् ।

कोटबुङामा २५÷२५ हजार लिटरका दुई पानी जम्मा गर्ने ट्याङ्की निर्माण गरिएको तथा सो ट्याङ्कीबाट उक्त ठाउँका दुई सय ५० घरधुरीका १५ सय जनालाई पानी वितरण गरिएको छ । पानी उपभोग गरेवाफत प्रत्येक उपभोक्ताले मासिक एक सय ५० रुपैया तिर्नुपर्ने निर्माण समितिले जनाएको छ । ५० हजार लिटर अटाउने क्षमताको ट्याङ्की भर्न ३ घण्टा सम्म पम्प चलाउनु पर्ने प्राविधिकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्