लायन्सको भुमिका अपरिहार्य



काठमाडौ (नेस) । लायन्स क्लब अफ लर्ड बुद्ध लगायतको इण्टलेशन एण्ड इण्डक्सन कार्यक्रम एक समारोहकाबीच सम्पन्न भएको छ ।
सो अबसरमा समाजसेबाको क्षेत्रको महत्वपुर्ण योगदान पुरयाउदै आएका बिभिन्न क्लबहरुले गत बर्ष गरेका कार्य र आगामी बर्ष गर्ने कार्यको बारेमा जानकारी गराएका थिए ।

कर्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले संकट परेको बेला आकश्मिक सहयोग लगायत समाज सेबाको क्षेत्रमा लायन्स क्लबले गर्ने गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभएको छ ।
उहाले आगामी दिनमा नागरिको सेवाका लागि सशस्त्र प्रहरीबल र लायन्स क्लब मिलेर पनि काम गर्न सकिने उल्लेख गर्नुभएको छ ।

लायन्स क्लब लर्ड बुद्धका अध्यक्ष बिष्णुप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा डिस्टिक गभर्नर अशोक श्रेष्ठ, लायन लिडर धनराज आचार्य , राजन लम्साल , इन्दु लम्साल , राजेन्द्र अधिकारी, मानबहादुर रोक्का , युक्त श्रेष्ठ, भीम पौड्याल , मञ्जरी खरेल , लीला खरेल , महेन्द्र पौडेल लगायतको बिशेष उपस्थितिमा आखा नदेख्नेलाई सेतो छडी , खुटा नटेक्नेका लागि ह्विल चेयर बितरण गर्ने कार्य पनि भएको थियो ।

कार्यक्रममा सबिना भण्डारी , आनिश श्रेष्ठ लगायतको समुहले आकर्षक सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
त्यसैगरी लर्ड बुद्धले असोजको दास्रो हप्ता गुल्मीमा दुइदिने बृहत स्वास्थ्य शिबिर पनि संचालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्