तीन डिआइजी एआइजीमा बढुवा



काठमाडौं । नेपाल प्रहरीका पुष्कर कार्कीसहित तीन नायव महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरीक्त महानिरीक्षक एआईजीमा बढुवा भएका छन् ।
मन्त्रिपरिषद बैठकले बढुवा समितिको सिफारिसअनुसार डीआईजीहरु पुस्कर कार्की, ठूले राई र धिरु बस्न्यातलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवासँगै कार्कीलाई प्रहरी हेडक्वार्टरको कार्य तथा अपराध अनुसन्धान विभाग, राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ भने सुनसरीमा हत्या भएका खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्दै परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ । सरकारले माथिल्लो अरुण जलबिद्युत आयोजना आफ्नै लगानीमा निर्माण गर्ने गरी २०६९ फागुन ४ गतेको मन्त्रिपरिषद बैठकको निर्णय संशोधन गरेको छ ।

शुक्रबारको मन्त्रिपरिषद बैठकले नीति अनुसन्धान प्रतिष्ठान (थिङक ट्यांक) बनाएको छ । प्रतिष्ठानमा प्राडा चैतन्य मिश्र, डा. मिना आचार्य, प्राडा राजेन्द्रध्वज जोशी, प्राडा सुरेन्द्र लाभ र डा. गणेशमान गुरुङ रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्