आँसु र अस्मिताको मूल्य

0
Shares

-कमला रेग्मी भट्टराई
छोरीलाई जोगाउनै मुस्किल भयो, कत्रो वेदना छ त्यो पीडित परिवारमा । मान्छे जघन्य अपराधमा किन लहसिँदै छ ? बलात्कार जस्तो अपराधका घटना दिनहुँ घटिरहँदा यहाँ छोरी, चेली बालिकाले जोगिनै गाह्रो त पर्दै छैन ?

जथाभावीतन्त्र, छाडा चरित्रको पराकाष्ठा… छिःछिः आफ्नै छोराले आमालाई बलात्कार अनि आफ्नै बाबुले छोरीको बलात्कार, यौनशोषण गर्छ ? यो त सोचको पतनको पनि पराकाष्ठा नै भयो । एउटा पशुले पनि यतिको हर्कत त चाहेर पनि नगर्ला । मानिसको चेतनास्तरमा देखिएको खोटमा जेल सजाय, आजीवन काराबास या फाँसी खै, कस्तो सोचको संसार होला ? कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको घाउ आलै हुँदा कास्कीकी १३ वर्षिया छात्रा पूजा के.सी.को बलात्कारपछिको हत्या भएको दुखद खबरले कानुन र न्यायको धज्जी मात्रै उडेको छैन, मानवता नै धराशायी बन्दै छ ।

एउटा समाचारले दिल दुःखेकै होइन कहिले कैलालीमा आफ्नै बुबाका साथीबाट बलात्कृत भएका घटना त कहिले काकाबाट, कहिले मामाबाट नाबालिकादेखि किशोरीसम्म बलात्कृत भएका घटनामा बढी त आफन्तैबाट असुरक्षित भइरहँदा सात दिनमा ६ जना बलात्कृत भएका समाचार छन् । केन्द्रीय बालकल्याण समितिले २०७४ साल चैतदेखि २०७५ असारसम्मका चार महिनामा ११८ जना बलात्कृत भएका तथ्याङ्क पस्केको खबर छ । त्यसमा पनि १९ जना त बालककै रहेका छन् भने बाँकी ९९ जना वयस्क रहेका छन् ।

भदौ १ गतेबाट कार्यान्वनमा आएको मुलुकी अपराध संहिताले बलात्कारपछि हत्यामा आजीवन काराबासको सजाय हुने व्यवस्था गरिएको छ । आज घर, चोक, धारो, पँधेरोमा असुरक्षाका जटिलता छन् । आफन्तै, हाडनाताबाटै निर्घीणी अमानवीय निच कुकार्य हुन्छ । एउटा व्यक्तिगत सोच, अर्को प्राकृतिक आवश्यकताको कुण्ठा हो– या के हो खै ! आज मानिसमा चेतनाको स्तर बढेको छ भन्ने नै कसरी ? आज बलात्कारका घटना दिनहुँ आउन थालेका छन् । सुन्नै लाजमर्दो, सोच्दा कहालीलाग्दो । एउटी उमेरदार नारी मात्र होइन अबोध बालिका दिनहुँ असुरक्षित छन् । आज कानुन त दह्रो भयो तर चेतना र नैतिकता दिनानुदिन कमजोर छ ।

मानिस अश्लिलताप्रेमी बनेर समाजमा दगुर्दै छ । त्यहाँ कानुनभन्दा बलियो पाप कर्मको मनोविज्ञान छ । मानिसले कामेच्छालाई पूर्ति गर्न मर्यादालाई तोड्ने हर्कतको पनि अत्याचार गर्दै छ । कानुनका पाना जति घोकाइन्छ त्यहाँ सत्यवादी सचेतनामूलक हाम्रा प्राचीन कथा र ज्ञानका विषयलाई समेटे के घाटा हुन्छ ?

आफन्तैसँग विश्वास भएन । सरकार दोषी हो भनौँ भने कानुनको हकदार सबै हामी नेपाली जनता पनि त हौँ । हास्यास्पद विषय, देशले यहाँ समाजवाद उन्मुख जनमुखी कानुनको न्यायको दैलो उघारेका कुराभन्दा न्याय हारेका घटना पेचिला छन् । मान्छेको जिन्दगी र अस्मिताको सवाल हो । समाज कामुक हो भनौँ या नग्न हो, त्यो निर्घिणी कर्ममा पोतिएको विषय हो ।

एउटा पाटो यौनमनोविज्ञानलाई अर्को हाम्रा धार्मिक सुशानलाई प्राचीनताको खोल नओढाऊँ त्यो झन बलियो कानुन हो । अमानवीय नारीहत्या गर्ने सतीप्रथाको इतिहासलाई कुलीन वर्गले रच्यो । त्यै वर्गका चन्द्रशमशेरले तोडे, गर्व गर्नुपर्छ । तर, यो समाजवादतिर लम्केको स्वतन्त्र मुलुकमा घटना किन यति दर्दनाक बन्दैछन् ?

झुमा प्रथा, देउकी प्रथा, छाउपडीजस्ता प्रथाले नारीलाई अपमान गरिरहँदा चुपचाप परम्परालाई स्वीकार गर्नैपर्ने पीडालाई शितयुद्धले विजय गर्न नसकेको त होइन ? साँच्चै ती बलात्कृत नारी बाँचेर पनि कलङ्कित बन्छिन् भने त्यो आँशु र अस्मिताको मूल्य कति हो ? समाजले कसरी बोध गर्ला । हामी विकृति तोड्न हतियार चलाउँछौँ तर प्रेम फिँजाउँदैनौँ तब इतिहासले रोपेको विष वृक्षसँग सिद्धान्तको मल दिइरहेका हुन्छौँ ।

नेपोलियनले भनेका छन्, “तिमी मलाई असल आमा देऊ म तिमीलाई असल राष्ट्र दिनेछु ।” समसत्ताको अपेक्षामा आज पनि हाम्री आमाहरूले किन नारी हक र अधिकारका लागि भिख मागिरहनुपरिरहेको छ, इतिहासले गिज्ज्याइरहेको लाग्छ । नारी दमनका कुरासँग यहाँ अब त मानव अधिकार, गरिबी, बाल अधिकारका विषय पेचिलो बन्दै समन्याय हुनुपथ्र्यो तर त्यसो पनि हुन सकेकै छैन ।

एउटा अबको आवश्यकता त नैतिक शिक्षाको अभाव पनि हो । मानिस अश्लिलताप्रेमी बनेर समाजमा दगुर्दै छ । त्यहाँ कानुनभन्दा बलियो पाप कर्मको मनोविज्ञान छ । मानिसले कामेच्छालाई पूर्ति गर्न मर्यादालाई तोड्ने हर्कतको पनि अत्याचार गर्दै छ । कानुनका पाना जति घोकाइन्छ त्यहाँ सत्यवादी सचेतनामूलक हाम्रा प्राचीन कथा र ज्ञानका विषयलाई समेटे के घाटा हुन्छ ? अर्थात् विज्ञानसँग बाँच्न व्यवहारिक शुद्धता र आदर्श अनुशासन अपरिहार्य शर्त बन्दै गएको कुरा पनि त हो । नारीवादी सोच भनेको पुरुषलाई गाली गर्ने, आपूmलाई उग्र रूपबाट प्रस्तुत गर्ने कुनै पद्धति होइन ।

माक्सवादी सोचको प्रभाव प¥यो होला तर नारीवाद भन्ने बित्तिकै पुरुषको दमनका लागि जन्मिएको विचार शिल्प हो भन्न मिल्दैन । पुरुष पनि नारी हिंसाका सिकार नबनेका होइनन् । अन्धविश्वासी जालमा नारीले चेतना नपाएका होलान् नै तर हाम्रो देशले परिवर्तनका ढोका उघार्न राजनीतिमा नारी शक्तिलाई सम्मान गर्ने सचेतना चाहिन्छ । लैङ्गिक हिंसाको अन्त्यका लागि सरकार र विभिन्न संघ संस्थाले विभिन्न खाले कदम चालिरहेको वर्तमान अवस्थामा नारी सशक्तिकरणका आवाज सान्दर्भिक बन्छन् ।

बलात्कार गर्ने नरपिसाचलाई मृत्युदण्ड किन हुँदैन ? एउटीलाई घरमा राखेर चार चौरास दगुर्ने कामुकले निम्त्याएको बाल अधिकार हनन् र बालहिंसाको मनोविज्ञानलाई बुझ्न सक्ने कानुन स्पष्ट छैन । बालक आमाबाबा भएरै टुहुरो बनिरहन बाध्य हुन्छ । आज हजारौँ बच्चाले बाआमाको माया पाइरहेका छैनन् । बालकले आफ्नो पीडालाई उजुरी दिनै सक्दैन । प्रत्येक विद्यालयले आज अभिभावकको प्रेम नपाएर पीडामा थिल्थिलिएका बालहृदयले आमाबाबाको माया पाउन नसकेका तथ्याङ्क दिन सक्छ ।

हाम्रो समाज लैङ्गिक समानताका नाममा विकृत र उच्छृङ्खल बन्दै जाँदा त नारी र पुरुष दुवै समस्याका सिकार बनिरहेका हुन्छन् । मनोवैज्ञानिक अशान्तिको ज्वालालाई आपैmँ रोपेर आपैmँ पिल्सिइहेका पीडा छन् । युवावर्गमा हेर्दा अन्धो प्रेम गरेर जोसुकैसँग लहसिने अनि यौन क्रियामा संलग्न भई आफ्नो नैतिकता र स्वास्थ्यलाई भत्काएपछि जिन्दगी सोच्ने अज्ञानताले समाजको पारिवारिक संरचनामा मनोवैज्ञानिक आर्तनाद छ ।

श्रीमान् श्रीमतीसँग आपसमा विश्वासको वातावरण बन्न नसकेका पीडा नवपरिवारमा हुने, बहुप्रेमका कमजोरी फेला परेका कारण घरबार टुट्नेसम्मका अत्याधुनिक प्रवृत्तिका भयानक विकृति हुन् । यी सबै विषयमा नारी, पुरुष र समाजको एकसाथ भूमिका हुन्छ नै । त्यसमा पनि घर, परिवार, आबद्ध संघ–संस्था र समाजको संरचनाले यी विषयमा प्रभावलाई कम या धेरै हुनेमा भूमिका खेल्न सक्छन् ।

आजसम्म पनि देशमा परम्पराले मिच्दा छाउपडीको गोठमा रक्तस्राव भएर पिरोलिरहेकी नारीको वेदना कहालीलाग्दो बनिरहेकै छ । नारीका अदम्य साहसमा सभ्यता जाग्छ, समाजले सुशासनलाई सिक्छ । हरेक परिवारका सपना पूरा गर्ने खुबी नारीशक्तिमा हुन्छ । नारीको जागरण र समानतासँग देशको समृद्धिका सपना बुनिन्छन् । नारीसँग क्रान्ति र शान्तिका लागि बिगुल घन्काउने सक्षमतालाई विकास गर्न समाजसँग भिड्नुपर्छ ।

स्वतन्त्र नारीसँग केवल विकृतिको लाञ्छना लगाउने हाम्रा संस्कारलाई महिला सशक्तिकरणले चुनौती दिन सक्छ । आधा आकाश ढाकेर मानव सभ्यतालाई जोगाउने खुबी नारीमा हुन्छ । पूर्वीय सनातन परम्पराले नारी माथि प्रहार गरेको भन्दा पनि संस्कारले थिचेको अवश्य हो । यसो भनिरहँदा नारी समाजमा आजभोलि देखिने तडकभडक र विकृतिपनमा सुध्रिनु आवश्यक छ । उचित पारिश्रमिकको अपेक्षा गर्नुपर्ने बाध्यतासँग समाजले हिर्काएको संस्कारका नीति जोडिएका छन् ।

नारीको कोख बाँझो हँदा वंश विनास हुन्छ, मातृत्व चँुडिन्छ, प्रेममा पागलपना उत्पन्न हुन्छ । छोरालाई राम्रा कपडामा सजाएर विद्यालयमा विद्वान् बनाइने छोरीलाई डोको नाम्लो बोकाएर पखेरीमा घाँस दाउरामा सदाइने संस्कार अब बदलिएभँैm पनि नलागेको होइन । यति हुँदाहुँदै अब वास्तवमा अब जनचेतना, सुशिक्षाका कथा, संस्कारका विषयलाई बच्चैदेखि सिकाइनु आवश्यक छ । अन्धो कामुकताभित्रको मनोविज्ञानमा सत्यताको अभाव छ, मानवीय लाञ्छना मिचेकालाई कानुनले पक्षपोषण गर्छ भने सामाजिक न्यायको लय कसरी गुञ्जिएला ?

आज मानिस जति शिक्षित छ त्यति हिजो थिएन । आज आएर नारीहरू असुरक्षित हुने खतरा जति बढेको छ, त्यति हिजो थिएन । गलत मानसिकताले समाज आज कलुषित बनिरहेकै छ । तर, नारी जाति भनिसक्दा पराई घर जाने भन्ने सोच नबदलिनु समस्या हो । छोरीको जन्ममा दुःख मान्ने समाजकै बिचमा अभैm हामी बाँचेका छौँ । आज त छोराहरू काममा व्यस्त हुन्छन्, विदेश जान्छन्, आमाबाबालाई अप्ठ्यारोमा सहयोग गर्न तिनै पराइ घरकी छोरी आइपुग्छिन् । छोरी बूढेसकालको सहारा बन्छिन् ।

यी विषय व्यावहारिकता र भावनात्मकतामा आधारित हुन्छन् । वास्तवमा नारी पनि अब परनिर्भर बन्नुहुन्न । हो नारीले पनि पारिवारिक विखण्डन मच्चाउनुहुन्न । नेपालमा नारीलाई वाङ्मय, वेद, पुराणमा उच्च सम्मान गरिएका प्रसङ्ग छन् तर संस्कार, अन्धविश्वास र रुढीवादी सामाजिक संरचनाले अपमान र अमानवीय व्यवहार पनि गरेको छ ।

नारी शोषणको खतरा आज अशिक्षितमा जति देखिन्छ शिक्षितमा कति दमित होला त ? यसमा एक त फेसनेबल हुने प्रवृत्ति अर्को अत्याधुनिकता, फिल्मी संसारबाट लिएको गलत बुझाइको सन्देशात्मक प्रभाव र असचेतताको घुलन नै हो ।

आजको यस्तो चेतनशील वैज्ञानिक युगमा आएर पनि नारी हकका विषयलाई माग्नु पर्ने, नारी हिंसा गरिने, नारी भोग्या होइनन् भन्नुपर्ने लाजमर्दो होइन र । आखिर हिंसा त हिंसै हो, चाहे नारीलाई होस् या पुरुषलाई तर बलात्कृत बच्ची, युवती, अर्धबैँसे या त अरु जो हुन् तिनको आँशुको मूल्य कति हुन्छ ?