अर्घौतेश्वर महिला समूहद्धारा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले गरे रक्तदान

0
Shares

काठमाडौँ ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा रहेको अर्घौतेश्वर महिला समूहद्धारा बुधबार आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।

समूहकी सचिव तथा वडासदस्य दुर्गादेवी फुयाल (तिम्सिना) ले विभिन्न ठाउँमा रगतको अभाव भएको समाचार प्रकाशमा आएपछि सामाजिक क्षेत्रमा कार्यरत समूहले विभिन्न ठाउँमा रगतको अभाव भएको समाचार प्रकाशमा आएपछि रक्तदानको आयोजना गरिएको जनाउनुभयो । ‘रक्तदान जिवनदान हो भनिन्छ त्यसैले पनि यो सानो अभियानबाट कसैको जिवन परिवर्तन गर्न सकिन्छ कि भनेर कार्यक्रम गरेका हौं’ तिम्सिनाले भन्नुभयो । नगरपालिकाका मेयर सन्तोष चालिसेले रक्तदातालाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

नगर उपप्रमुख शान्ति नेपाल, वडाध्यक्ष नारायणबहादुर सुबेदीले विभिन्न सामाजिक संघसंस्थाले गर्ने यस प्रकारका अभियानबाट समाज बिकासमा सहयोग हुने धारणा राख्नुभयो । समूहकी अध्यक्ष लक्ष्मी पुडासैनी (दुर्गा) ले आगामी दिनमा पनि यस प्रकारका कार्यक्रम गरिने र त्यसका लागि सबैको सहयोगको अपेक्षा गर्नुभयो ।