७ नम्बर प्रदेशका २८ स्थानीय तह बैंकविहीन, स्थानियलाई समस्या

0
Shares

विमल बिष्ट, डोटी ।
डोटी लगायत प्रदेश ७ का २८ वटा स्थानिय तहमा बैंक नहुँदा स्थानिय सेवा ग्रहिलाइृ समस्या भएको छ । प्रत्येक स्थानीय तहमा ‘क’ वर्गको बैंक पुर्याउने सरकारको लक्ष्य रहे पनि प्रदेश ७ का २८ वटा स्थानीय तहमा अझै बैंकिङ पहुँच पुग्न सकेको छैन् ।

राष्ट्र बैंकले कडाइ गरेपछि यस आर्थिक वर्षमा भने २५ वटा स्थानीय तहमा ‘क’ वर्गका बैंंकले शाखा स्थापना गरेका छन् । यहाँका केही सुगम तथा अधिकांश दुर्गम क्षेत्रहरूमा बैंकको पहुँच पुग्न सकेको छैन् । स्थानीय तहमा बैंक नहुँदा समस्या भइरहेको छ ।

डोटीको दिपायल सिलगढी नगरपालिका बाहेक अन्य गाउपालिकाहरु बोगटान,जोरायल,शिखर नगरपालिका,पुर्बिचौकी गाउपालिका,आदर्श गाउपालीका तथा बड्डीकेदार गाउपालिकामा कुनै पनि बैंक नहुँदा छिमेकी जिल्ला कैलाली र जिल्ला सदरमुकाम सिलगढी,दिपायलबाट सेवा प्रवाह गर्न बाध्य भएको केआईसिंह गाउपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनु भयो ।

उहाँले भन्नुभयो ‘बैंक ल्याउन सारै प्रयास गर्यौ, अशुरक्षा भयो भन्दै बैंक नै आउन मान्दैनन् जनता लाइ सारै समस्या भएको छ ।’ बैंक नहुदा प्रदेश ७ का पहाडी जिल्लाहरूका ग्रामिण क्षेत्रमा रहेका गाउपालिकाहरुमा सारै समस्या उत्पन्न भएको स्थानियबासीहरु बताछन् ।

सामान्य कामका लागि पनि जिल्ला सदरमुकाम सिलगढी तथा कैलाली जानु पर्ने अवस्था आएको बड्डीकेदार गाउपालिकाका स्थानिय रोज कलेलले बताउनु भयो । उहाँले भन्नु भयो ‘सामान्य खालको बैंक भौचर भर्नपनि एक दिन लगाएर कैलाली वा जिल्ला सदरमुकाम सिलगढी जानु पर्ने अवस्था छ,हाम्रो पिडा कस्ले बुझिदिने ।’

डोटी लगायत यहाँका अन्य पहाडी जिल्लाका ग्रामिण क्षेत्रका गाउँपालिकाहरुमा हालसम्म पनि कुनै पनि बैंक तथा वित्तीय क्षेत्र पुग्न सकेका छैनन् । बैंक स्थापना गर्न पटक पटक माग गरिएपनि जनताका माग पुरा नभएको भन्दै स्थानियबासीहरु आक्रोसित हुन थलोका छन् ।