किरन धामी, दार्चुला ।
दार्चुला जिल्ला उत्तरी क्षेत्रमा पर्ने दुहुँ गाउँपालिकाले टुुहुरा बालबालिकाहरुका लागी विषेश कोष स्थापना गर्ने भएको छ । गाउँपालिका भित्र रहेका टुहुरा बालबालिकाहरुको शिक्षा स्वास्थ्य लगायत अन्य कुराहरुकोे सहयोगका लागी विषेश कोषको स्थापना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
कोष स्थापनाका लागी गाउँकार्यपालिकाको बैठकले निर्णय गरिसकेको उनले जानकारी दिए । उक्त विषेश कोषमा वार्षिक रुपमा गाउँपालिकाका जनप्रतिनिधिहरुले पैसा जम्मा गर्ने जनाइएको छ । कोषको खातामा गाउँपालिका अध्यक्षले एक वर्षमा रु २० हजार, उपाध्यक्षले रु १५ हजार, वडा अध्यक्षले रु १० हजार, कार्यपालिकाका सदस्यले रु ४ हजार र वडा सदस्यहरुले रु २ हजारका दरले जम्मा गर्नु पर्ने अध्यक्ष कार्कीले जानकारी दिए ।
विषेश कोषमा जम्मा भएको रकम गाउँपालिका भित्र रहेका टुहुरा बालबालिकाको शिक्षा, स्वास्थ्य लगायत अन्य आवश्यक कुराहरुमा खर्च गरिने अध्यक्ष कार्कीले बताए । गाउँपालिका भित्र रहेका टुहुरा बालिबालिकाहरुको सहयोगका लागी कोषको स्थापना गर्ने निर्णय गरिएको अध्यक्ष कार्कीले बताए ।











प्रतिक्रिया