विमल बिष्ट, डोटी ।
डोटीमा विगत दुई वर्षदेखि चोर्दै आएका सुर्खेतका एक जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिल्लाका बिभिन्न स्थानमा दुई बर्ष देखी चोरी गर्दै आएका सुर्खेतका २२ वर्षीय भवी बिष्ट, भरत बिष्ट भनेर चिनिने धनबहादुर बिष्ट लाई प्रहरीले पक्राउ गरेको हो ।
उनले डोटीमा मात्रै दुई वर्षदेखि चोरी धन्दा गर्दै आएको प्रहरीको दाबी छ । डोटीको पूर्वीचौकी गाउँपालिकाको खिरसैनमा उनलाई इन्द्र खड्काको पसल चोर्दै गरेको अवस्थामा पक्राउ परेका बिष्टलाई प्रहरीले चोरी अभियोगमा मुद्दा चलाइएको छ । उनले दिपायल सिलगढी नगरपालिका ६ निवासी नेकपाका नेता नारद मलासीको पसल, दिसिनपा ५ का मानबहादुर बिष्ट तथा लालबहादुर दमाईको पसल चोरेको प्रहरी समक्ष बयान दिएका छन् । डोटीका अन्य ठाउँमा समेत चोरेको उनले बताए ।
एक वर्षजति अछाम जिल्ला, कैलालीको अत्तरिया, नेपालगञ्जमा समेत चोरी गरेको उनले प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फटका प्रहरी निरिक्षक धुर्बबहादुर बिष्टले बताउनु भयो । उहाँले भन्नु भयो ‘अभियुक्तले आफुले चोरी गरेको ठाउको बारे बताएपछि चोरी मुद्दा दर्ता गराएका छौ,अब अदालतमा पेश गर्छौ ।’
केही वर्ष अगाडि नेपालगञ्जमा प्रहरीले चोरीको अभियोगमा पक्राउ गरेपनि तीन महिना पछि थुना मुक्त भएका थिए । बुबा पंक बिष्टको छोरा बताउने उनीसँग डोटीमा न त कोठा भाडामा बसेको प्रमाण देखिन्छ न त उनीसँग अरु सरसामान छ ।
आफूसँग चोरी गरेका पैसा नबचेको सबै खाईसकेको उनले बताएको प्रहरीले जनाएको छ । चोर्दै हिँड्ने र चोरेको पैसा खर्च गर्दै जाने भएकाले आफूसँग पैसा र अरु कुनै पनि सामान नरहेको उनले बताए ।











प्रतिक्रिया