हेड्स नेपालको नवौं महाधिबेशन सम्पन्न, अध्यक्षमा बाँनिया

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
हेड्स नेपालको शनिवार काठमाण्डौंमा सम्पन्न पच्चिसौ साधारण सभा एवं नवौं राष्ट्रिय महाधिबेशनले ई ईश्वरचन्द्र बानियाँको अध्यक्षतामा पुनः आगामी ३ बर्षका लागि २२ सदस्यीय नयाँ कार्यसमिति र्निविरोध चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा राजकुमार श्रेष्ठ, उपाध्यक्षमा क्रमशः पुष्पराज पौडेल, चन्द्रमान श्रेष्ठ ,महेन्द्र बानियाँ, राम बहादुर श्रेष्ठ, दुर्गा मानन्धर र तीलक प्र.लुइटेल निर्वाचित हुनु भएको छ भने महासचिवमा रामकृष्ण धरेल रहनुभएको छ ।

त्यसै गरि कोषाध्यक्षमा कमला अंगाई, प्रथम सचिवमा करुणा प्रसाद श्रेष्ठ, द्धित्तिय सचिवमा गीता पनेरु पौडेल र सह कोषाध्यक्षमा खगेश्वर अधिकारी निर्वाचित हुनु भएको छ । समितिको कार्यसमिति सदस्यमा क्रमशः सन्तमान श्रेष्ठ, तिर्थराज अधिकारी, दिव्यराज पौडेल, गणेश संग्रौला, धु्रब भट्ट, दिपक सिखंडा, तारा अधिकारी र टंकराज अधिकारी रहेका छन ।

स्वास्थ्य शिक्षा, कृर्षि बिकास र समाज (हेड्स) नेपालले समाजमा योगदान पु्याउने उद्देश्यले स्थापित भएको हो, यस संस्थाले लक्षित बर्ग समक्ष आफ्नो सेवालाई सहज रुपमा पु्याउदै जहाँ जे आवश्यकता पर्छ त्यहा स्थानिय श्रोत साधनको पहिचान गरि त्यसलाई परिचालन गर्ने कार्य गर्दै आईरहेको नव र्निवाचित अध्यक्ष ई ईश्वरचन्द्र बानियाँको भनाई रहेको छ । सेवा गर्ने कार्यलाई अगाडि बढाउदै लैजाने क्रममा न्यूनतम आवश्यकताले छट्पटाईरहेकालाई आफ्नो क्षमताले भ्यायसम्म नैतिक भौतिक र आर्थिक रुपमा सहयोग पु्याउनुका साथै सामाजिक सेवा गर्नु पर्छ भन्ने भावना र सोचको अभिबृद्धि गर्ने रहेको छ ।

दिलो ज्यानले मानव समुदायको सेवा गरौ भन्ने मुल मन्त्रका साथ असल समाज निमार्ण गर्ने महान अभियान सुरु गरेको हेड्स नेपाल आफ्नो स्थापनाको २५ औ बर्ष अर्थात रजतबर्षमा प्रवेश गरेको छ ।

तत्कालिन अवस्थामा गोरखा जिल्लाको बगुवा गाविसमा स्थापना भै हाल देशैभरि समाज सेवा गर्ने हेड्स नेपाल निस्वार्थ भावनाको सन्देश बोकेर देश बिदेशमा आफ्नो सञ्जाल पु्याउन सफल भएको छ भने सदस्य संख्या करिव ८ हजार रहेको संस्थाका प्रमुख संरक्षक प्रतावराज वन्तले बताए ।