मसिना जलबिद्युत आयोजनाले निमार्ण गर्ने बिद्युत्को पिपिए

188
Shares

नेपाल समाचारपत्र, पोखरा ।

नेपाल बिद्युत् प्राधिकरणले मसिना पर्यटन शहकारी संस्थाद्धारा निमार्ण गर्ने मसिना जलबिद्युत आयोजनाबाट उत्पादन हुने बिद्युतको खरिद बिक्रि संझौता (पिपिए) गरेको छ । प्राधिकरणले मंगलवार मात्र ८९१ कि.वा को पिपिए टुंगाएको हो ।

कास्की र तनँहुको सिमानामा पर्ने कोत्रे खोलामा निमार्ण गर्ने बिद्युत आयोजनाको प्राधिकरणका योजना अनुगमन तथा सुचना प्रविधि निर्देशनालयका उप महानिर्देशक जगदिश्वरमान सिह र मसिना पर्यटन शहकारी संस्थाका अध्यक्ष प्रशान्तराज धमलाले हस्ताक्षर गरे ।

अवको १८ महिनाभित्र प्राधिकरणको सवस्टेशन नजिक बिद्युत उत्पादन गरि जोड्ने धमलाले बताए । प्राधिकरणले १८ महिना तोके पनि १५ महिना भित्र कार्य सम्पन्न गरिसक्ने लक्ष्य राखेको उनले बताए ।