सिटिजन्स बैंकको थानकोटमा शाखा खुल्यो

0
Shares

काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले थानकोटमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकिङ कारोबारको शुरुवात गर्नु भएको छ ।

उक्त शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पँरा गर्न आवश्यक सम्पँर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवा छिटो, छरितो,चुस्त र दुरुस्त रूपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता थानकोट शाखाका प्रबन्धक ध्रुव सुवेदीले व्यक्त गर्नुभयो ।

सिटिजन्स बैंक इन्टरनेसनलले ८० वटा शाखा, ७३ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ इकाईबाट करिब ३ लाख ५० हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।