मेगा बैंकको शाखारहित सेवा उदयपुरको देउरीमा

0
Shares

काठमाडौं, (नेस) मेगा बैंक नेपालले उदयपुरको त्रियुगा नगरपालिकाको देउरीमा शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ ।

त्रियुगा नगरपालिका– ५ का वडा अध्यक्ष उद्दबकुमार थापा र मेगा बैंक रौतामाई शाखाका प्रबन्धक रैसुल आजमले एक कार्यक्रमकाबीच देउरीमा शाखारहित बैंकिङ सेवाको शुरुवात गर्नुभयो ।

त्रियुगा नगरपालिकामा रेमिट्यान्सबाट भित्रिएको लाखौं रकम उपभोग र विलासितामा खर्च भइरहेको भन्दै वडाध्यक्ष थापाले मेगा बैंकको शाखारहित बैंकिङ सेवामार्फत घरदैलोमा बचत गर्न देउरीबासीलाई सजिलो भएको बताउनुभयो । साथै आगामी दिनमा शाखारहितमा मात्र सीमित नभई बैँकको शाखा नै विस्तार गर्न उहाँले आग्रह गर्नुभयो ।

स्थानीय स्वयंसेवी रामहरि पोख्रेलले बैंक विश्वासमा चल्ने संस्था भएकाले सबैलाई विश्वासमा लिएर मेगा बैंकले छिटो छरितो रुपमा सेवा दिनुपर्ने बताउनुभयो ।

शाखा प्रबन्धक आजमले ग्रामीण क्षेत्रको आर्थिक अवस्था उकास्न मेगा बैंकले गाउँको खेतीयोग्य जग्गासमेत धितो राखेर सहज तरिकाले १० लाख रुपियांँसम्मको सरल कर्जा प्रदान गर्दै आएको बताउनुभयो ।