पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा विधुतिय भोटिङ्ग मेसिनको प्रयोग

0
Shares

पोखरा ।
आसन्न पोखरा उधोग वाणिज्य संघको निर्वाचनमा विधुतिय मेसिनको प्रयोग गरिने भएको छ । निर्वाचनलाई निष्पक्ष र विवाद रहित बनाउन संघले उक्त मेसिन प्रयोगमा ल्याउने भएको हो । ूहामिले पहिले मतपत्रमा छाप लगाएर मतदान गर्थ्यौ, यस पटक विवाद रहित निर्वाचम गर्न प्रविधिमा छिर्दै छौू पोखरा उधोग वाणिज्य संघ निर्वाचन संयोजक तिर्थ श्रेष्ठले बताए । पहिलो पटक विधुतिय मतदान गर्ने सर्वसम्मत निर्णय गरेको उनले बताए ।

 

मतपत्रबाट मतदान हुदा बदर धेरै हुने गरेपनी प्रविधिले गर्दा बदर मतको अन्त्य हुने उनको भनाइ थियो । सोहिक्रममा बोल्दै विधुतिय भोटिङ्ग मेसिनका निर्माणकर्ता लक्षमण रिमालले नयाँ प्रविधिका साथ टच स्क्रिनको विकास गरि एकै पटक १९ जनाले मतदान गर्न सक्ने बताए । ूयो मेसिनको नाम रामलक्ष्मण भोटिङ्ग मेसिन हो, हामिले विकास गरेको यो प्रविधीले विवाद रहित छिटो मतदान कार्य सम्पन्न गर्न सकिन्छ, एक व्यक्तिले तीन मिनेटको समयमा मतदान सक्छन, मतदान सकिएको डेढ घण्टामानै मत परिणाम बाहिर आउँछू उनले भने । हाल सम्म विधुतिय मतदान मेसिनबाट ६० वटा निर्वाचन सफलताका साथ सम्पन्न गरिसकेको र यो ६१ औ निर्वाचन गर्न लागेको उनले बताए ।

पोखरा उद्योग बाणिज्य संघको ३२ औं अधिवेशनमा लोकतान्त्रिक तर्फबाट रबिन्द्रबहादुर प्रजु र र कम्युनिस्ट तर्फबाट दामु अधिकारी गरि दुई प्यानलबीच प्रतिश्पर्धा हुने छ । असोज ५ र ६ गते हुने अधिवेशनका लागि लोकतान्त्रिक र समावेशी गरी दुईवटा समूहले उम्मेदवारी दिएका छन् । नयाँ नेतृत्वका लागि हाल बरिष्ठ उपाध्यक्ष रहेका रवीन्द्रबहादुर प्रजु र महासचिव रहेका दामु अधिकारीले आफ्नो प्यानल घोषणा गरेर चुनावमा होमिएका छन । समावेशी समूहलाई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र लोकतान्त्रिक समूहलाई कांग्रेसको पूर्ण समर्थन रहेको छ ।

 


अधिकारी प्यानलबाट बरिष्ठ उपाध्यक्षमा यदु अधिकारी, उद्योगतर्फको उपाध्यक्षमा गीता तिवारी, बाणिज्यतर्फको उपाध्यक्षमा यामनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उपमहासचिवमा सीता बरालले उम्मेदवारी दिएकी छिन् । सदस्यहरुमा खुलातर्फ नारायण पौडेल, डि।बि। भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेलले उम्मेदवारी दर्ता गराएका छन् । बस्तुगततर्फ अधिकारी प्यानलबाटै ज्ञानबहादुर नेपाली, श्रीप्रसाद घले, चिन्तामणि बास्तोला र तारानाथ ढुंगानाले उम्मेदवारी दिएका छन । भने प्रजु प्यानलबाट बरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योगतर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, बाणिज्यतर्फको उपाध्यक्षमा पवन प्रजापति, महासचिवमा अर्जुन पोख्रेल, कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छे र उपमहासचिवमा चिनु गुरुङले उम्मेदवारी दिएकी छिन् ।

 

सदस्यहरुमा खुलातर्फ बलराम बराल, केशबबहादुर खत्री, दिनेशचन्द्र बास्तोला, कुमारी मुना बास्तोला, कीर्तिबल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, रामप्रसाद गौतम, शोभा गौतम र रामेश्वर अधिकारीले उम्मेदवारी दर्ता गरे । बस्तुगत सदस्यका लागि प्रजु प्यानलमा हरिराज पन्त, शिवराज बास्तोला, रञ्जन बुद्धाचार्य र राजेशनाथ गुप्ताले उम्मेदवारी दिएका छन् ।

अध्यक्षका दावेदार रवीन्द्रबहादुर प्रजुले आफ्ना अनुभवलाई नेतृत्वबाट प्रयोग गर्न लागेको बताएका छन् । उनले ब्यवसायीको हक हित र पोखराका मुख्य एजेण्डाहरुमा आफ्नो टीम निरन्तर लागिरहने प्रतिबद्धता जनाए । अर्का दावेदार दामु अधिकारीले चाहीँ पोखरा उद्योग बाणिज्य संघलाई राजनीतिबाट जोगाउन उम्मेदवारी दिएको बताएका छन् । अध्यक्ष पदका उमेद्वार प्रजू पोखरा उद्योग वाणिज्य संघलाई कुनै हालतमा कमजोर हुन नदिने बताए ।

पछिल्लो समयमा पोखरा उद्योग वाणिज्य संघलाई कमजोर पार्ने प्रयास भैरहेको र केही सीमित व्यक्तिहरुको समूहले संघलाई कब्जा गर्न खोजेको निष्कर्ष प्यानलले निकालेको छ । भेटघाटको क्रममा मतदाता व्यवसायीसँग कुरा गर्दै अध्यक्ष पदका उमेद्वार रवीन्द्रबहादुर प्रजूले संघलाई व्यवसायीको संघ बनाउन र उद्योगी व्यवसायीको हकहितको लागि काम गर्न आफू र आफ्नो टिमले उमेद्वारी दिएको बताए ।

 

नेतृत्वमा रहेकै साथीहरुको काम र व्यवहारको कारण पोखरा उद्योग वाणिज्य संघको गरिमामय इतिहासलाई धुमिल भएको र व्यवसायिक हकहितको क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको गुनासो उनको रहेको छ ।
उता दामु अधिकारीले चाहीँ पोखरा उद्योग बाणिज्य संघलाई राजनीतिबाट जोगाउन उम्मेदवारी दिएको बताएका छन् ।
चुनाव नजिकिए सङ्गै दुबै प्यानलले घरदैलो कार्यक्रमलाई समेत तिव्र रुपमा अघि बढाएका छ्न ।