सरसफाई अभियानको सुरुवात

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको सदरमुकाममा आजदेखि सरसफाई अभियान सुरु गरिएको छ । सदरमुकामस्थित शाहीलेक बजारमा सरसफाई गरी अभियानको सुरुवात गरिएको हो । सुन्दर नेपाल सरसफाई अभियान संस्था र शाहीलेक बजार व्यवस्थापन समितिको आयोजनामा बजार सरसफाई हो । अब हरेक हप्ताको शनिवार सदरमुकाममा सरसफाई गरिने नेपाल तरुण दल बैतडीका प्रवक्ता एवं शाहीलेक बजारका व्यवशायी महेशदत्त भट्टले बताए ।

सरसफाई कार्यक्रममा जिल्ला प्रसासन कार्यालय , जिल्ला प्रहरी कार्यालयको पनि सहयोग रहेको थियो । सुन्दर नेपाल बनाउन,सुन्दर नेपाल सरसफाई अभियानमा सहभागी बनौ भन्ने नाराका साथ सरसफाई अभियान सुरु गरिएको हो ।

प्रत्येक शनिवार जिल्ला सदरमुकाम आसपासका बजार, विद्यालय लगाएतका क्षेत्रमा सरसफाई गरिने सुन्दर नेपाल सरसफाइ अभियान संस्थाका जिल्ला अध्यक्ष वलदेव सिंह नायकले बताए । हाम्रो वरपरका स्थानहरु सफा राखी स्वच्छ वातावरण बनाउन यो सरसफाई अभियानको सुरुवात गरिएको हो उनले भने“ सरसफाई कार्यक्रम जिल्ला भर संञ्चालन गर्ने योजना रहेको छ ।”

सुन्दर नेपाल सरसफाई अभियान संस्थाले देशव्यापी रुपमा जनचेतनामुलक सरसफाई अभियान गरिरहेको छ । संस्थाले यसअघि देशका विभिन्न स्थानमा सरसफाई अभियान सञ्चालन गरिससकेको संस्थाका राष्ट्रिय संयोजक वीर वहादुर तामाङले जानकारी दिए ।