खाता रोक्का गर्नु व्यवसायीलाई टर्चर गर्नु जस्तै होेः मन्त्री चौधरी

0
Shares

यमलाल भुसाल, बुटवल ।
यातायात व्यवसायीले भोग्नु परेको समस्या आउदो असौज १५ भित्र समाधान नगरेमा नेपालभरीका व्यवयायीहरुले सवारी साधनको चाँवी सरकारलाई बुझाएर गाडी नचलाउने उदघोष गरेका छन ।

सरकारले हालैे ल्याएको यातायात नीतिका कारण व्यवसायीहरु धरासायी भएकाले यातायात व्यवसायीले आफना सवारी साधनको चावी नै सरकारलाई दिने घोषणा गर्नु परेको औल्याएका हुन ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको शनिवार बुटवलमा भएको १९ औं साधारण सभामा वोल्ने यातायात व्यवसायीले दुई साता सम्म सरकारको वाटो हेर्ने समाधान नभए चावी बुझाएर सडकमा आउने चेतावनी दिएका छन ।

दिर्घकालिन सोँच विना यातायात व्यवसायीहरु प्रालिमा दर्ता हुनुपर्ने, व्यवसायी संस्थाका बैक खाता रोक्काले घाईतहरुको उपचार तथा कार्यालय सञ्चालनमा समेत समस्या भएको व्यवयायीहरुले गुनासो गरेका छन । यस्तै व्यवसायीहरुले मृतकलाई समेत राहत दिन नसक्ने अवस्था आएको भन्दै यसमा राज्यको ध्यान जानुपर्ने बताएका छन ।

कार्यक्रमा प्रदेश ५ भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले यातायात व्यवसायीहरुले चाँवी नै बुझाएर आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

मन्त्री चौधरीले केन्द्र सरकार संग यातायात व्यवसायीहरुले उठाएको मागलाई सम्बोधन गर्नको लागि पहल जारी रहेको बताउदै साउन १ गते बाट यातायातका धेरै कुराहरु प्रदेश सरकारको मातहतमा आएकोले यस विषयमा अझै छलफल गरी समाधान खोजीने बताउनु भयो ।

यातायात व्यवसायीहरुको बैक खाता रोक्का हुनुको कारण समितिमार्फत हुने उपचार प्रभावित भएको प्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै मन्त्री चौधरीले ऐनलाई संसोधन गरेर भए पनि विमा रकम बढाउनुपर्नेमा जोड दिनु भयो ।

उहाँले विमावाट आउने ३ लाख रुपैयाँले उपचार प्रयाप्त हुदैन, यसमा ध्यान जानु आवश्यक छ भन्दै उहाँले उद्योगी व्यवसायीयहरुको लगानी सुरक्षित गर्नुपनि राज्यको दायित्व भएको स्पष्ट पार्नु भयो ।

व्यवसायीहरुको खाता रोक्का गर्नु व्यवसायीहरुलाई टर्चर गर्नु जस्तै होे भन्दै मन्त्री चौधरीले नयाँ प्रणालीमा (कम्पनी ऐन)मा जाँदा सहज रुपमा सहजीकरण गर्नुपर्ने दायित्व सरकारको रहेको बताउनु भयो ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रानाभाटले मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपछि विगतका दिनहरुमा यातात व्यवसायीहरुले उठाउदै आएको समस्या, छुट्टै यातायाता मन्त्रालय गठनको माग लगायतका माग पुरा गर्नुको साटो उल्टै यातायात व्यवसायीहरु माथी प्रहार भएको बताउनु भयो ।

पछिल्लो समयमा राज्य पक्ष पञ्चायती शैली मा काम गरेको आरोप लगाउदै अध्यक्ष रानाभाटले कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदन तुरन्त लागू गर्न माग गर्नु भयो ।
तत्काल सरकारले समस्या समाधान नगरेमा नेपालभरबाट सबै ट्रक व्यवायायीहरुले चाँवी सरकारलाई हस्तान्तरण गर्ने समेत योजना रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघ का बरिष्ठ उपाध्यक्ष हिरालाल श्रेष्ठ ले सिन्डीकेट यातायाता व्यवासायीहरुले कहिलै पनि नगरेको दावि गर्दै संस्था र सिन्डीकेट फरक कुरा भएको बताउनु भयो । उहाँले यातायातको क्षेत्रमा सरकारले सिक्कीमीकरण गर्न लागेको बताउदै ५० प्रतिशत यातायात व्यवसायीहरु विस्तापित हुने अवस्थामा पुगेको धारणा राख्नु भयो ।

अहिले सरकारले गरेको निर्णयबाट सबै क्षेत्र असन्तुष्ट भएको भन्दै उहाँले यसलाई तत्काल संबोधन गर्नुको विकल्प नभएको बताउनु भयो । नेपाल ट्रक व्यवसायी महासंघ केन्द्रीय सदस्य ओम कार्की ले २०७५ साल नेपाली यातायात व्यवसायीहरुको लागि कालो बर्षको रुपमा रहेको बताउननु भयो ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले सरकारको स्पष्ट नीतिको अभावको कारण हरेक क्षेत्र प्रताडित भएको भन्दै करको नाममा व्यवसीहरुलाई तर्साउने काम गर्न नहुने बताउनु भयो ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति अध्यक्ष टिकाराम गौतमले खाता रोक्का हुदा समस्या भएको भन्दै व्यवसायीहरुले दुर्घटनाको उपचार गर्न र कार्यालय संञ्चालनको लागि पनि समस्या भएको बताउनु भयो ।

कार्यक्रममा कार्यालय प्रमुख बाबुराम अधिकारी , बरिष्ठ उपाध्यक्ष यम प्रसाद पाण्डे लगायतले सरकारले यातायात व्यवसायीको समस्या समाधान गर्नुको साटो बल्भmाउने काम गरेको धारणा राख्नु भएको थियो ।