अपांगता भएका व्यक्तीलाई सहयोगी सामाग्रीका साथै आर्थिक सहयोग

0
Shares

किरन धामी, दार्चुला ।
महाकाली नगरपालिका वडा नम्बर ७ को कार्यालयले वडा भित्र रहेका अपांगता भएका व्यक्तीहरुलाई सहायता सामाग्री तथा आर्थिक सहयोग उपलब्ध गराएको छ ।

उनिहरुका मागका आधारमा सहयोगी सामाग्रीका साथै आर्थिक सहयोग उपलब्ध गराएको वडा नम्बर ७ का अध्यक्ष दिनेशराज जोशीले जानकारी दिए । वडा भरी रहेका १० जना अपांगता भएका व्यक्तीहरुलाई मागका आधारमा सामग्री वितरण गरिएको उनले जानकारी दिए ।

वडा नम्बर ७ का अपांगता भएका देव सिंह रैखोलालाई हारमोनियम, राम दत्त जोशीलाई ह्विल चेयर, शुसिला डागा र पशुपती भट्टलाई हाते सिलाई मेसिन उपलब्ध गराएको उनको भनाई छ । यस्तै विष्णु भक्त विष्ट, महेश्वरी जोशी, मोती देवी डागा, पारवती लोहार, प्रिति बडू र भुवनेश्वरी थापालाई रु ३ हजारका दरले आर्थिक भरण उपलब्ध गराएको उनले जानकारी दिए ।

आफुहरुले गरेका मागका आधारमा वडा कार्यालयले सामाग्री उपलब्ध गराएको भन्दै अपांगता भएका व्यक्तीले वडा अध्यक्ष तथा कार्यालयलाई धन्यवाद दिएका छन् ।……..