मध्यमोदी जलविद्युत आयोजना सुचारु

0
Shares

पर्वत ।
विभिन्न माग राख्दै प्रभावित क्षेत्रका बासिन्दाहरुले तालाबन्दी गरेरै आन्दोलनमा उत्रिएपछि पाँच दिन देखि बन्द मध्यमोदी जलविद्युत आयोजनाको काम शुक्रबार साँझदेखि सूचारु भएको छ ।

आयोजना निर्माणका क्रममा सुरुङभित्र बम विष्फोट गर्दा घर चर्किएको भन्दै स्थानीयबासीहरुले गत आइतबारदेखि तालाबन्दी गरेरै आन्दोलनमा उत्रिएका थिए ।

पटक पटकको वार्ता पछि शुक्रबार साँझसम्ममा दुवैपक्षको छलफल निष्कर्षमा पुगेको छ । छलफलका क्रममा आयोजना पक्ष र प्रभावित क्षेत्रका बासिन्दाहरुबीच विभिन्न ४ बुँदे सहमति भएको मोदी गाउँपालिका वडा नं. २ देउपुरका वडा सदस्य जीवन चापागाईले जानकारी दिए ।

प्रभावित क्षेत्रका बासिन्दाहरुले उठाएका मागहरुलाई छलफल मार्फत निष्कर्षमा पुगिएको आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्यले बताए । उनका अनुसार प्रभावित क्षेत्रका बासिन्दाहरुको क्षति अनुगमन गरी मुल्याङकन गर्ने, सुरुङ निर्माणका क्रममा क्षति भए नभएको भुगर्व विभागका प्राविधिकहरुको टोलीद्वारा यथार्थ निरिक्षण गराउने, निरिक्षणबाट बास्ताविक क्षति पुगेको प्रतिबेदन आएमा स्थानीयबासीहरुको माग लाई सम्बोधन गर्ने लगायतका सहमति भएको उनले बताए ।

प्रभावित क्षेत्रका बासिन्दाहरुले बम विस्फोट गर्दा १६ घरमा क्षति भएको बताएका छन् । मोदी गाउँपालिका वडा नं. २ देउपुर अन्तर्गतका ५७ घर धुरी र वडा नंं १ अन्तर्गत ३२ प्रभावित घर धुरी रहेका छन् ।