गणेश चौथीको बहानामा मौरीघारमा क्षति

0
Shares

हेटौंडा ।
गणेश चौथीका दिन चोरे पनि पाप लाग्दैन, दोष लाग्दैन भन्ने गरिन्छ । यही सुनेको भरमा राति चोरी गर्न समूह नै गाउँमा हिँड्ने र चारेर रमाइलो मान्ने प्रचलन छ ।

चोर्न पर्ने भनिएपछि छिमेकीका कुखुरा, काँक्रो, फलफुल, खसीबाख्रा, हाँस, परेवा जेजे भेटिन्छ, त्यो मनोरञ्जनको हिसाबले चोर्ने वा त्यसमा क्षति गर्ने नेपाली समाजमा गलत प्रचलन कायम छ ।

केवल राति जाने र चोर्नेमात्र दिमागमा लिएर प्रायः युवा पुस्ता हिँड्ने गर्दछन् । यही गलत प्रचलनले मकवानपुरको एक व्यावसायिक लगानीमा प्रतिकूल प्रभाव पारेको छ ।

गणेश चौथीको बहानामा मकवानपुरको मनहरी गाउँपालिका ७, रमन्टारमा व्यावसायिक मौरीपालनमा क्षति पु¥याइएको छ ।

तीज पर्वको गणेश चतुर्थीको राति जीएसआर मौरीपालन उद्योगमा १२ वटा मौरीघार फुटाइएको सञ्चालकले बताएका छन् । उद्योग सञ्चालक गुणराज लामाका अनुसार ३० वटा मौरीघार मौरीसहित राखिएकोमा १२ वटामा क्षति पु¥याइएको छ ।
उहाँका अनुसार १२ वटा मौरीघार फुटाइँदा करिब १ लाखको क्षति भएको छ । अज्ञात व्यक्तिले गरेको मौरीघार आक्रमणमा संलग्नलाई कारबाही माग गर्दै उहाँले प्रहरीमा निबेदन दिनुभएको छ ।