१५ बर्षिया बालिका माथि बलात्कारको प्रयास गर्ने पक्राउ

0
Shares

पर्वत ।
पर्वत रपर्वत जिल्लाको मोदी गाउपालिका वडा न ६ तिलाहार स्थित सार्वजनिक जंगलमा १५ बर्षिया वालिकालाई जर्बजस्ती करणीको प्रयास गर्ने एक युवा पक्राउ परेका छन ।

पर्वतकै कुस्मा नगरपालिका वडा नम्वर १ पाङ बस्ने २३ बर्षिय राम वहादुर किसान जर्बजस्ती बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका हुन ।

पिडीत बाललिकालाई ललाई फकाई गरी संवेदनशिल अंगहरु समाई जवरजस्ती यौन कृयाकलाप गर्न लागे पछि उनी त्यसठाउँबाट भागेर नजिकै रहेको देउपुर प्रहरी चौकी डिमुवामा गुहार माग्न पुगेकी थिइन । पिडीत बालिका आफै चिच्याउँदै आएपछि प्रहरी चौकीबाट खटिएको टोली घटनास्थल पुग्दा आरोपी किसान भागेका थिए । खोजतलासका क्रममा कुश्मा नगरपालिका वडा न ६ स्थित शिवालय चोकवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

अभियुक्त रामबहादुर किसानका बिरुद्ध जर्बजस्ती करणी सम्बन्धी मुद्दाका लागि पर्वत जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।