ट्रायल उतीर्ण गराइदिन्छु भनी रकम माग गर्ने तीन पक्राउ

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
महानगरीय प्रहरी वृत्त थिमिले चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उतीर्ण गराइदिन्छु भनी रकम माग गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भइ काठमाडौं, बौद्ध बस्ने २८ वर्षीय विकास लामा, काभ्रे तिमाल गाउँपालिका–९ घर भइ काठमाडौ ,गोठाटार बस्ने २१ वर्षीय विजय लामा र महोत्तरी बर्दिवास घर भइ भक्तपुर राधेराधे बस्ने २० वर्षीय अनिल बानियाँ रहेका छन् ।

उनीहरु भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ राधेराधेमा रहेको ईजि वे ट्रायल सेन्टरमा ट्रायल दिन आएका व्यक्तिहरुसँग ट्रायल पास गराइदिन्छु भन्दै रकम असुल्ने क्रममा पक्राउ परेको प्रहरी बृत्तले जनाएको छ । पक्राउ परेका तीन जनालाई जिल्ला अदालत भक्तपुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।