बालदिवसमा बिपन्न असहाय बालबालिकालाई सहयोग

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला बाल कल्याण समिति र रेडक्रस सोसाइटीले बिपन्न असहाय बालबालिकाहरुलाइ सहयोग गरेको छ । बैतडीका १० वटै स्थानीय तहबाट एक एक बालिबालिका छनोट गरेर सहयोग गर्ने भनिएपनि बाँकी अनुपस्थित हुँदा ४ वटा स्थानिय तहका ४ बालबालिकालाई जनही ५ ÷ ५ हजारका दरले सहयोग गरेको रेडक्रस सोससाइटिका सभापति भिम दत्त पाण्डेले बताए ।

‘सुखि नेपाली, समृद्ध नेपाल बालअधिकार सबैको सरोकार’ भन्ने नाराका साथ सम्पन्न भएको बाल दिवसको अवसरमा सहयोग प्रदान गरिएको हो । प्रमुख जिल्ला अधिकारि चन्द्र प्रसाद गैह्रैको संयोजकत्वमा सम्पन्न भएको बाल दिवस कार्यक्रममा मेलौली नगरपालिका, दशरथ चन्द नगरपालिका, सुर्नया गाउपालिका र दोगडाकेदार गाउपालिकाका ४ जाना बालबालिकाहरुलाई नगद ५ हजार सहित सहयोग गरिएको शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चन्द्र प्रशाद गैह्रैले बालालिकाको हक हितको लागि सधै प्रयत्नशिल रहने बताए ।

जिल्लाका १० ओटै स्थानिय तहहरुबाट अभिभावक नभएका अनाथ एक एक बालबालिकाहरुलाइ सहयोग गर्ने भनिएको भएपनि अन्य स्थानिय तहहरुले आफ्नो क्षेत्रबाट बिबरण नपठाउदा सबै स्थानिय तहका बाल बालबालिकाहरुलाई सम्मान नगरिएको बताईएको छ ।

 

बाल दिवस बैतडीमा पनि मनाइयो

यसैबिच राष्ट्रिय बाल दिवस बैतडीमा पनि ‘सुखी नेपाली, समृद्ध नेपाल ः बालअधिकार सबैको सरोकार’ भन्ने नाराका साथ मनाईएको छ । बाल दिवसका अवसरमा जिल्लाभरी विभिन्न कार्यक्रम गरिएको छ । यसैबिच दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित सनातन धर्म माध्यमीक विद्यालयका बालबालिकाले पनि बाल दिवस मनाएका छन् । बालदिवसका अवसरमा खोचलेकबजारदेखि गाउँपालिकाको केन्द्रसम्म प्रभातफेरी निकालिएको छ । प्रभातफेरी पश्चात विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम गरी बाल दिवस मनाईएको प्रधानाध्यापक बलदेव नाथले जानकारी दिए ।

यस्तै दोगडाकेदार गाउँपालिका ३ स्थित खोचलेक आधारभुत विद्यालयमा बालदिवसको अवसरमा बालक्लव गठन गरिएको छ । महेसराज कपाडीको अध्यक्षतामा ११ सदस्यीय बालक्लव गठन गरिएको विद्यालयमा शिक्षक बलदेव कपाडीले जानकारी दिए ।

यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं ७ मा रहेका ८ वटा बालक्लबले बाल दिवसको अवसरमा प्रभातफेरी सहित विभिन्न कार्यक्रम गरेको वडा अध्यक्ष जयानन्द जोशीले जानकारी दिए । यस्तै शैल्यशिखर नगरपालिका वडा नं २ मा रहेको भुमीराज आधारभुत विद्यालय तौकीले पनि विभिन्न कार्यक्रम गरी बालदिवस बनाएको विद्यालयका प्रधानाध्यापक धर्मान्न्द भट्टले बताए ।

यसैबिच पाटन नगरपालिकाको वडा नम्बर ३ मा रहेको सिगास माध्यमीक विद्यालय गौरीशंकर पोखरीमा पनी बालदिवस विषयक वतृत्वकला प्रतीयोगीता तथा विभीन्न सांस्कृतीक कार्यक्रम गरि बाल दिवस मनाईएको छ । वक्तृत्वकला प्रतियोगीता र सांस्कृतीक कार्यक्रममा सहभागी भई प्रथम , द्धितीय , तृतीय हुनेलाइ पुरस्कारको घोषणा पनि विद्यालयले गरेको विनोद विक्रम विष्टले जानकारी दिए।

देउडा प्रतियोगिता आज सम्पन्न

बैतडीको सुर्नया गाउपालिकामा गत २७ गते देखि सञ्चालन भएको प्रथम पुरुष देउडा प्रतियोगिता आज सम्पन्न भएको छ । धर्म , सँस्कृति , रितिरिवाज ,मौलिक परम्पराको संरक्षण, सांस्कृतिक पक्षलाइ बचाइ राख्न र सामाजिक महत्वलाइ विकसित गर्नका लागि गाउपालिकाले आयोजना गरेको देउडा प्रतियोगिता आज सम्पन्न भएको छ ।

३ दिन देखि सञ्चालन भएको देउडा प्रतियोगितामा प्रथम सुर्नया गाउपालिका वडा न ८ का जित बहादुर कुवर १० हजार, दितिय सुर्नया ४ का गम्बीर लुहार ८ हजार, तृतिय हर्क बहादुर कुवर ६ हजार र सान्नतोना सेर सिह साउदले १ हजार पुरुस्कार पाएका छन । प्रथम सुर्नया देउडा प्रतियोगिता सञ्चालन समितिका संयोजक सुरेन्द्र मडै को संयोजकत्वमा सञ्चालन भएको देउडा प्रतियोगितामा प्रमुख अतिथि सुर्नया गाउपालिकाका अध्यक्ष बिर बहादुर बिष्ट रहनु भएको थियो ।

यसै गरि सुर्नया गाउपालिककाको वडा न ४ को आयोजनामा सञ्चालन भएको देउडा प्रतियोगिता पनि आजै सम्पन्न भएको प्रकास भाटले बताए ।