समृद्ध समाज निर्माणको महाअभियानका साथ सरकार अघि बढ्दैः प्रचण्ड

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्ध समाज निर्माणको महाअभियान सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभएको छ ।शुक्रबार नेपालको पहिलो कम्युनिष्ट विद्यालयको रुपमा स्थापना भएको मदन भण्डारी एसियाली बिद्यालयले भक्तपुरको खरिपाटीमा संचालन गरेको विश्वको कम्युनिष्ट ईतिहास र वर्तमानका बारेमा भएको प्रशिक्षणको समापन समारोहमा बोल्दै अध्यक्ष दाहालले मुलुकका लागि जनसङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ यात्रामा अघि बढ्ने अवसर प्राप्त भएको बताउनुभयो ।उहाँले भन्नुभयोर्, विश्व कम्युनिस्ट आन्दोलनमा नेपालको दशवर्षे युद्ध, शान्ति पुनः स्थापना, पार्टी एकीकरण र दुई तिहाइको समर्थित सरकारसम्मको यात्रा अभूतपूर्व भएको छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले कम्युनिस्ट सरकारबाट मात्र मुलुकको रुपान्तरण सम्भव हुने उल्लेख गर्दै देशको रुपान्तरण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।नेपालको कम्युनिस्ट आन्दोलन र अभियानबाट विश्व समुदाय चकित भएको चर्चा गर्दै उहाँले यही सरकारले नेपालको रुपान्तरण गर्ने भनाइ राख्नुभयो ।

अध्यक्ष दाहालले अहिले पूँजीवादी बजारीकरणको संरचना भत्काएर नयाँ जनवादी एवं राष्ट्रवादी संरचना निर्माण गर्दै समाजवाद उन्मुख राज्य निर्माण गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले नेपालमा राजनीतिक क्रान्ति पूरा भएकाले अब सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरण गरिने बताउनुभयो ।

उहाँले भ्रष्टाचरमुक्त समाज निर्माण, सुशासन, तीव्र गतिमा देशको अर्थिक विकास गरी समाजवादको आधार निर्माण गर्न नेकपा प्रतिबद्ध रहेको बताउनुभयो ।अध्यक्ष दाहालले समाजवादको महान् यात्रामा अघि बढ्ने सम्भावना र आधारहरु मजबुद हुदाहुँदै पनि नेपाली समाज ठूलो अन्तरविरोध देखिएको बताउँदै समाजका विकृति विसङ्गितका विरुद्धमा लड्न पर्नेमा जोड दिनुभयो ।

दशवर्षे जनयुद्धको उत्कर्षको बलमा संसदीय पार्टीसँगको सहकार्यमा परिवर्तनलाई साकार रुप दिन तत्कालीन नेकपा (माओवादी)ले शान्ति प्रक्रियाका लागि र अधिकतम राजनीतिक उपलब्धी संस्थागत गर्न बाह्रबुँदे सम्झौता गरेको बताउनुभयो ।मुलधारका कम्युनिष्ट पार्टीसँग एकताका लागि पटकपटक छलफल हुँदै आएको बताउँदै अध्यक्ष दाहालले कम्युनिष्ट पार्टी एक हुनुपर्छ भन्ने जनताको भावना समेट्न नेतृत्व सक्षम भएकाले पार्टी एकता सम्भव भएको बताउनुभयो ।

नेपालको कम्युनिष्ट आन्दोलन मौलिक रुपमा अघि बढेको उल्लेख गर्दै उहाँले नेपाली समाजको रुपान्तरण गरी समाजवादी मुलुक निर्माण गर्ने प्रतिबद्धताबाट पार्टी नेतृत्व विचलित नहुने बताउनुभयो ।

गत भदौ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको २१ दिने प्रशिक्षणमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, थाईल्याण्ड, अर्जेन्टिना, ब्राजिल, तान्जिनिया, ट्युनिसिया, स्टिमोर, फिलिपिन्स, जाम्भिया, कोलम्बिया गरि १४ देशका ४९ जनाको सहभागिता रहेको थियो ।अन्तर्राष्ट्रिय स्तरको यस विद्यालयमा माक्र्सवाद, लेलिनवा एवं कम्युनिजमका बारेमा पढाईएको छ । पढाईसंगै सामाजिक एवं व्याबहारिक कामहरु कसरी गर्ने भन्नेबारेमा व्याबहारिक र प्रयोगात्मक कक्षा संचालन भएको छ ।

प्रशिक्षण अबधीभर प्रधानमन्त्री ओलीसंगै पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, मोदनाथ पश्रित, वामदेव गौतम, विष्णु पौडेल, वेदुराम भुषाल, भारतका परविरपुर कायस्थ, बंगलादेशका शुसान्त्व दास, अमेरिकाका क्रिसो क्रुसो, लगायत विभिन्न देशका कम्युनिजमका विज्ञहरुले प्रशिक्षण दिनुभएको कार्यक्रम व्यबस्थापन समितिको संयोजक बलराम बाँस्कोटाले जानकारी दिनुभयो । प्रशिक्षणमा सहभागीलाई अध्यक्ष दाहालले शैक्षिक प्रमाणपत्रसमेत प्रदान गर्नुभयो । अन्तर्रा्ष्ट्रियस्तरको यस विद्यालयमा माक्र्सवाद, लेलिनवाद एवं कम्युनिजमका बारेमा पढाइएको थियो ।