फरक क्षमता भएका विद्यार्थीलाई पोशाक

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङमा फरक क्षमता भएका पाँच बालवालिकालाई पोशाक प्रदान गरिएको छ । जिल्लाको सेतो गुराँस बाल बिकास सेवा र राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर–१ को शाखा दिक्तेलले बाल दिवसको अवसर पारेर शुक्रबार पोशाक प्रदान गरेको हो ।

पञ्च माबि दिक्तेलमा अध्ययतरत बिद्यार्थीलाई २९ औं बाल दिवसको अवसर पारेर पोशाक वितरण गरिएको सेतो गुराँस बाल बिकास सेवा खोटाङका अध्यक्ष पूर्णमायाँ तामाङले बताउनुभयो । सेतो गुराँस बाल बिकास सेवा र राष्ट्रिय मानव अधिकार आयोगले सेतो गुराँस बाल बाटिका केन्द्रका बालबालिकालाई पनि खेल सामग्री प्रदान गरेको छ । खेल सामग्री एबम् पोशाक वितरण कार्यक्रममा अपांग तथा बालबिकास केन्द्रका बालबालिकाको सम्बृद्धिका बिषयमा अन्तरक्रिया गरिएको छ ।

कार्यक्रम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।