कृषिका विद्यार्थीको साहित्यमा झुकाब

0
Shares

काठमाडौं ।
जिन्दगी शब्द त धेरै लेखियो , पढियो  तर
बल्ल अलि बुझिदैछ, सानो  छदा आमाले 
धागोको  डल्लो  नचला
जेलिन्छ भनेर नटेरी चलाउदा
जेलिएको  धागो  अलि फुस्कदैछ ।
हो जेलिएको  कुरा फुकाउन सक्ने गुण रैछ जिन्दगी ।

पृथु टेक्निकल कलेज दाङमा तेस्रो संक्रान्तमा, कृषि विषय पढिरहेका भानु–७ तनहु निवासी प्रवेश पण्डितको  रचना हो । उनि आफ्नो कविताबाट समाज र  जिन्दगीको  सहि चित्रण गर्न खोजेको बताउँछन् । उनि भन्छन् , “ ‘घर परिवारमा पनि साहित्यको  माहोल छ ” र मलाई आफ्नो भावना व्यक्त यही  माध्यम सजिलो लाग्छ ।

युवा पौरख बहिरिदा आशा ढलिरहेको  छ,सरकार
लाशसग साटिएको  रेमिट्यान्सले  चूलो  जलिरहेको छ, सरकार ।
अर्थतन्त्र र समृद्धिको  सपना तुहिन लागिसक्यो,
बृद्ध बुवा–आमा आसुले  मात्र देश गलिरहेको छ, सरकार ।।

मध्य नेपाल–७ लम्जुङ निवासी अमरदीप बस्नेतको  रचना हो  यो  । लाखौ ँ युवा रो जगारीका लागि विदे शमा छन् । सरकारले  समृद्धिको  सपना बुनिरहे को  छ । युवाशक्तिबिना कसरी समृद्धि सम्भव छ रु यस्तै  प्रश्नको  जवाफ रचनामार्फत खो जिएको  छ । कुटो , को दालो सग रमाउने  विषय पढिरहे का बस्ने तको  रुची भने  साहित्यतर्फ पनि रहेको उनि बताउँछन् । उनि भन्छन् “ मलाई आफ्नो भावना र भोगााई संगसंगै जनचेतना र देशभत्ति जगाउने कामलाई मुर्तरुप दिन मनपर्छ ।

यी दुई कृषि अध्यनरत विद्यार्थीको पहिलो कृति “अमर प्रवेश ”को पृथु टेक्निकल कलेजका ,कलेजका निमित्त क्यामस प्रदिपराज पौडेल, कलेजका प्रबन्ध निर्देशन महेश शर्मा, माटो विशेषज्ञ ईन्द्र ओली, दाङ गजल अभियान अध्यक्ष “बुलबुल र राप्ती , दाङ साहित्य परिसद सहसचिव छविलाल कोपिला संयुक्त रुपमा विमोचन गर्नु भएको छ ।

“अमर प्रवेश ” का लेखक मध्यका एक अमर भन्छन ‘अमर कृतिहरु सहित हामि दुईको साहित्यमा प्रवेश हुदैछ, त्यसैले हामीले यस कृतिको नाम पनि अमर राखेको छौँ ।’

कार्यक्रममा कलेजका निमित्त कलेज प्रमुख प्रदिपराज पौडेलले “ पृथु टेक्निकल कलेज कृषि पढ्ने विद्यार्थीको मात्र पाठशाला नभई, कृषि सहित बहुआयामिक व्यत्तित्व भएका विद्यार्थीहरुको पाठशाला हो” उहाँले बताउनुभयो ।

कार्यक्रमको सहजीकरण ल्थ्ऋब् लमहीका प्रमुख जीवन उप्रेतीले गर्नुभएको थियो ।