विनोद सिंह विष्ट, बैतडी
सुरक्षा व्यवस्था हुन नसक्दा बैतडीका स्थानीय तहहरुमा बैंक स्थापना हुन सकेका छैनन् । स्थानीय तहमा बैक नहुदा आर्थिक कारोबारको लागि सदरमुकाम धाउनु पर्ने बाध्यता छ ।
सरकारले वि स २०७४ साउनमै देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने भनेपनि बैतडीका सबै स्थानीय तहमा अझै बैंक पुग्न सकेका छैनन् । जिल्लाका २ ओटा स्थानीय तहमा बैंक स्थापना नहुँदा त्यस क्षेत्रका नागरिक सदरमुकाम धाउन बाध्य भएका छन् ।
जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकाको केन्द्र रहेको सुल्लेखानमा प्रहरी चौकी नहुँदा यसअघि नै नेपाल एसबिआई बैंकको स्थापना हुने भनेपनि हुन नसकेको गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले जानकारी दिईन् । गाउँपालिका केन्द्रमा सुरक्षा आवश्यक परेमा मेलौलीवाट ल्याउनुपरेको छ उनले भनिन्“बैंकले सुरक्षा व्यवस्था भएको दिनदेखि नै शाखा आउने भनेको छ ” अबको एक महिनाभित्रै शाखा स्थापना गर्ने गरी सुरक्षा व्यवस्थाको प्रवन्ध भईरहेको छ ।
प्रहरी चौकी स्थापनाका लागी जिल्ला प्रसासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेको उनले बताईन् । यता जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले शिवनाथमा प्रहरी चौकी स्थापना गर्ने बिषय जिल्ला सुरक्षा समितिमा पारित भईसकेको बताए । शिवनाथ गाउँपालिकाको शर्माली बजारमा प्रहरी चौकी रहेको भएपनि त्यहाँवाट गाउँपालिकाको केन्द्र सुल्लेखान पुग्न ४ घण्टा लाग्ने गरेको छ । सुल्लेखानमा प्रहरी चौकी स्थापना गर्न आवश्यक छ उनले भने“प्रहरी चौकी स्थापनाका लागी माथिको आदेश चाहिन्छ , हामीले सिफारिस गरेर ७ नं प्रदेश प्रहरी कार्यालयमा पठाएका छौं”
शिवनाथ गाउँपालिकामा अबको १५ दिनभित्रै प्रहरी चौकीको स्थापना भईसक्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरी चौकी स्थापना भएपछि त्यहाँ बैंकको शाखा पनि स्थापना हुने बताईएको छ । यस्तै जिल्लाको दुर्गम सिगासमा पनि बैंकको शाखा स्गापना हुन सकेको छैन् । विद्युत, सडक,ईन्टरनेट नहुँदा बैंक स्थापना हुन नसकेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।
गत महिनानै कृषि विकास बैंक स्थापनाको लागी तयारी भएको भएपनि विभिन्न समस्याका कारणले स्थापना हुन नसकेको हो उनले भने “विद्युत,ईन्टरनेटको प्रबन्ध भईरहेको छ केही दिनमै बैंकले सेवा दिन्छ ।”











प्रतिक्रिया