नेपाल समाचारपत्र, काठमाडौं ।
विविध कार्यक्रम गर्दै आज राष्ट्रिय बाल दिवस मनाईदै छ । संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ लाई २०४७ भदौ २९ गते अनुमोदन गरेको सन्दर्भमा हरेक वर्ष सोही दिन पारेर नेपालले राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।
यस वर्ष ‘सुखी नेपाली समृद्द नेपालः बाल अधिकार सबैको सरोकार’ भन्ने नारा बोकेर यो दिवस मनाउन लागिएको दिवस मूल समारोह समितिले जनाएको छ । समितिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति र बालबालिका खोजतलास समन्वय केन्द्र लगायत छन् ।
संयुक्त राष्ट्र संघको बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन पश्चात बालअधिकार संरक्षण र प्रवद्र्धनका लागि राष्ट्रिय नीति, आवधिक योजना तथा विषयगत राष्ट्रिय कार्ययोजनाहरु स्थानीय स्तरसम्म सरकारी एवम् विकासका साझेदार संस्थाहरुबाट कार्यन्वयन भइरहे समितिले जनाएको छ ।
संघीय संरचना अनुसार संघमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेशमा सामाजिक विकास मन्त्रालय र स्थानीय तहमा पालिकाहरुबाट बालबालिकाका विविध विषयहरु सम्बोधन गर्ने कार्य भईरहेको समितिको दाबी छ ।
नेपाल सरकारले सडक बालबालिका संरक्षण तथा व्यवस्थापन मार्गदर्शन, २०७२ जारी गरी आब २०७३÷०७४ देखि काठमाडौं उपत्यकामा ‘बालबालिका सडकमा बस्नु पर्दैन, सडकमा बस्न हुँदैन’ भन्ने अभियानमा ७८३ बालक र ९० बालिका गरी ८ सय ७३ जना बालबालिका उद्धार गरिएको समितिले जनाएको छ।
उद्धार गरिएको मध्ये २७३ जना विभिन्न केन्द्र÷गृहहरुमा रहेका छन् भने ४२० जना बालबालिकालाई पारिवारिक पुनस्थापना गरिएको जनाएको छ । ती बालबालिका मध्ये ११५ जनाले विभिन्न संस्थाबाट दिईएको विभिन्न सीप मुलक तालिम लिईएको जनाएको छ।
त्यस्तै गरी काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको साधनबाट श्रमिक बालबालिका उद्धार तथा व्यवस्थापन गर्र्ने कार्य अन्र्तगत यस वर्षको सुरुदेखि असारको पहिलोहप्तासम्म १०७३ वटा सार्वजनिक यातायातका साधनमा अनुगमन गरी चालकहरुलाई बाल श्रमिक राख्न नहुनेबारे सचेत गराई ५९ जना बाल श्रमिकलाई उद्धार गरिएको जनाएको छ ।











प्रतिक्रिया