स्पेनमा पनि मनाईयो तिज

0
Shares

दीपेन्द्र गजुरेल, म्याड्रिड । नेपाली नारीहरुको महान पर्व हरितालिका तिज स्पेनमा पनि धुमधाम साथ रमाईलो गरेर नेपाली संघ संस्थाहरुले मनाएका छन् ।

प्रवासी नेपाली एकता मंञ्चले नेपाल बाहिर बसेका आफ्ना चेलीहरुलाई सामुहिक तिज कार्यक्रम बार्सिलोनामा सम्पन्न गरेको छ । प्रवासी नेपाली मंञ्चले विगतका वर्षहरुमा पनि आफ्ना चेलीहरुलाई सामुहिक नाचगान र दर खुवाउदै आएको थियो ।

नेकपाको जनवर्गिय संगठन एकता पछि प्रवासी नेपाली मंञ्च र जनप्रगतिशिल मंञ्चको नाम परिर्वन भई प्रवासी नेपाली एकता मंञ्चको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको तिज कार्यक्रम संयोजक निर्मला तिवारीले बातउनु भयो ।

यसैगरी कास्की समाजले पनि नेपाली चेलीहरुलाई सामुहिक दर खुवाको समाजका अध्यक्ष तथा पुर्व प्रवासी नेपाली मंञ्च स्पेनका सल्लाहाकार समितिका अध्यक्ष्ँ केदार ढुङ्गानाले बताउनुभयो । यस्तै गैरआवासिय नेपाली संघ म्याड्रिडले पनि म्याड्रिबासी नेपाली चेलीहरुलाई सामुहिक रुपमा आपसमा आर्थिक रकम संकलन गरेर दर खुवाएको संघका अध्यक्ष्ँ उत्तर राईले बताउनुभयो ।

आजभोली युरोपमा विभिन्न संघ संस्थाहरुले आफ्ना चेलीहरुलाई र केहि विदेशीहरुलाई समेत नेपाली परम्पराको दर खाने कार्यक्रममा सहभागिता जनाउदा कार्यक्रमहरु उल्लाहसपुर्ण रुपमा रमाईलो हुने गरेको संस्थाका अध्यक्षहरु बताउछन् ।

गैरआवासीय नेपाली संघ स्पेन भन्दा क्षेत्रिय समितिहरु र सामाजिक संस्थाहरुको सकारात्मक कार्यक्रमहरुले ब्यापक निरन्तरता पाईरहेको साथि संग मनका कुरा संयोजक सोनु राउतले बताउनुभयो । गैरआवासिय नेपाली संघको तेतृत्वमा चिन्तामणि सापकोटाको आगमन पछि एनआरएनए संस्था प्रति नेपालीहरुको निरासा दिनप्रति दिन बढ्दो गतिमा रहेको नेपालीहरु बताउछन् ।