प्रदेश सांसदद्धारा सम्पत्ति बिबरण बुझाउन आलटाल

0
Shares

डोटी (नेस)
प्रदेश ७ का ३३ जना प्रदेश सांसदहरुले सम्पत्ति बिबरण बुझाएका छन् । तर १२ जना सांसदहरुले भने अहिले सम्म आफनो सम्पति बिबरण बुझाएका छैनन् । प्रत्यक्ष र समानुपातिक गरी ५३ प्रदेशसभा सदस्यमध्ये ७ जना मन्त्री र एकजना सभामुख छन ।

७ जना मन्त्रीहरुले सम्पति बिवरण बुझाइसके पनि प्रदेशसभा सदस्यहरुले भने अहिलेसम्म सम्पत्ति विवरण बुझाएका छैनन् । प्रदेश ७ मा रहेका ४५ जना प्रदेशसभा सदस्यमध्ये हालसम्म ३३ जनाले आफ्नो सम्पत्ति बिवरण बुझाएको प्रदेशसभा सचिवालयका सचिव बलराम शर्माले जानकारी दिनु भयो ।

उहाँले संघीय सरकारकै नियम अनुसार प्रदेशका कर्मचारी तथा सांसदहरुले सरकारलाई आफ्नो सम्पति बिवरण बुझाउनु पर्ने प्रावधान रहेकाले सम्पत्ति बिवरण माग गरेको बताउनु भयो । तोकिएको म्याद सकिन अब २ दिन बाँकी रहँदा १२ जना प्रदेशसभा सदस्यले बिवरण नबुझाएको उहाँले जानकारी दिनु भयो ।

तोकिएको समय सिमा भित्र सांसद तथा अन्य कर्मचारीले सम्पति बिवरण नबुझाएमा ५ हजार रुपयाँसम्म जरिवाना लगाइने प्रावधान रहेको प्रदेशसभा सचिवालयका सचिव शर्माले बताउनु भयो । ‘प्रदेशसभा सदस्यहरुलाई सम्पति विवरण बुझाउन पटक÷पटक जानकारी गराइएका छौ १२ जनाले बुझाउनु भएको छैन, उहाँले भन्नु भयो ‘समय भित्र नबुझाए कानुन अनुसारको प्रक्रिया थाल्ने छौ ।’