चिरञ्जीवी मास्के, ल्हासा चीन । चिनीया नागरिक खान्ड्रोको उमेर अहिले ६८ बर्ष पुग्यो । नाती नातिनीसंग रमाई रहेकी खान्ड्रोको मुहारमा जती खुशी देखिएको छ मनमा पनि त्यतिकै सन्तोष र उत्साह रहेको बताउनुहुन्छ ।
तिब्बतको लुलाङ काउण्ट्रीमा पर्ने टाँसीघाङ गाँउकी खान्ड्रोको खुशी र उत्साह आफ्नो गाँउको विकास र समृद्धिसंग जोडिएको छ । अहिले गाँउमा कुनै कुराको कमी छैन्, सबै सुविधा सरकारले उपलब्ध गराइदिएको छ । गाउंका सबै जनात सम्पन्न छन्, त्यसैले सबै खुसी नहुने कुरै भएन – खान्ड्रो भन्नुहुन्छ ।
६८ परिवार रहेको टाँसीघाङ गाँउको जनसंख्या तीन सय १८रहेको छ । तिब्बतको राजधानी ल्हासाबाट झण्डै ६ सय किलोमीटरको दूरीमा रहेको यो गाँउमा सडक, बिजुली, विद्यालय, स्वास्थ्यचौकी लगायतका सबै सुविधा पुगेको छ ।
लुलाङकै लिन्जीबाट नौ बर्ष अघि बसाई सरेका टाँसीघाङ गाँउका ६८ परिवारमै होमस्टेको सुविधा रहेको छ । लिन्जीमा दुईवटा ठुलो होटल पर्ल रिभर इन्टरनेशनल होटल र एर्टल पोली होटल बनेपछि हामी टाँसीघाङमा आएका हौ – स्थानीय अगुवा छ्योले भभन्नुभयो ।
दैनिक धेरै पर्यटक आउने टाँसीघाङका स्थानीयको आम्दानीको मुख्य स्रोत चौरीको चिज, छुर्पी, च्याउ रहेको छ्यो बताउनुहुन्छ । गाँउ नजिकै दुई ठुला (फाईभ स्टार) होटल भएपनि गाँउमा रहेको होमस्टेमा बस्न धेरै पर्यटक आउने गरेको र उनीहरुले नै चिज, छुर्पी, च्याउ आदि किन्ने गरेको छ्यो बताउनुहुन्छ । ती दुई ठूला होटलले हाम्रो गाँउको विकास र समृद्धिमा टेवा पु¥याएको छ, त्यसैले हामीलाई होटलको कारण लिन्जीबाट विस्थापित हुनु परेकोमा कुनै गुनासो छैन् – छ्योले भन्नुभयो ।
टाँसीघाङ गाँउका स्थानीय केहीमात्र राजधानी बेईजिङ पुगेका छन् । गाँउमै स्कूल र स्वास्थ्य चौकी भएकोले उनीहरुलाई शिक्षा र स्वास्थ्यको लागि खासै समस्या छैन् । सबै सुविधा गाँउमै भएकोले राजधानीसंग धेरै नजिक रहनु पर्ने आवश्यकता नभएको छ्यो बताउनुहुन्छ । उच्च शिक्षा र थप उपचारको लागि लुलाङ या ल्हासा नै पर्याप्त हुने टाँसीघाङका स्थानीयको भनाई छ ।
प्रत्येक घरमा टिभि, फ्रिज, टेलिफोन, सिसि क्यामेरा तथा नेटको समेत सुविधा रहेको यो गाँउ सफा र चिटिक्क परेको छ ।
होमस्टे र स्थानीय उत्पादनको बिक्रिबाटै एउटा परिवारले मासिक ४० हजार आरएमबि (नेपाली रुपैया ६ लाख ८० हजार) सम्म कमाई गर्ने भएकोले पनि सुविधा सम्पन्न ढङ्गले बस्न सकिएको छ्यो बताउनुहुन्छ । हामीले सरकारलाई कर धेरै तिर्नु पर्छ तर त्यही अनुसार सुविधा भएकोले कसैको गुनासो छैन् – छ्यो ले भन्नुभयो । उहांको बिचारमा विकास र समृद्धिको लागि सामुदायिक भावना, मेहेनत र जिम्मेवारीको बोध हुनु पर्छ ।











प्रतिक्रिया