वेश्यालय खोलेर कर उठाउने कुरा के हो सरकार ?

0
Shares

काठमाडौं । सत्ता पक्षका सांसद् बिरोध खतिवडाले एउटा प्रदेशका मुख्यमन्त्री वेश्यालय खोलेर कर उठाउनुपर्छ भन्छन् सरकारको जवाफ के हो ? भनेर प्रश्न गरेका थिए ।

खतिवडाले मुख्यमन्त्रीको भनाइलाई संघीय सरकारले कसरी लिएको छ भनी प्रश्न गरेका थिए । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै मकवानपुर–२ बाट निर्वाचित सांसद् खतिवडाले यो सहित अन्य विषयमा सरकारको जवाफ मागेका थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पुथ्वी सुब्बा गुरुङले केही दिनअघि ‘रेड एरिया’ खोलेर कर उठाउन सकिने बताएका थिए ।